जीतपुर माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउँन महत्वपूर्ण भूमिका खेल्ने गोविन्द गिरी चुनावी मैदानमा


इलाम, २३ कार्तिकः इलामको जीतपुर गाविस हाल देउमाई नगरपालिका वडा नम्बर ६ मा २०२१ सालमा जन्मिएका गोविन्द गिरीले २०६१ साल देखि ०७३ साल सम्म निरन्तर जीतपुर माध्यामिक विद्यालयको अध्यक्ष हुँदा जीतपुर माध्यमिक विद्यालयलाई नमुना विद्यालय मात्र बनाएनन् उनले जिल्लामा नै पहिलो पटक पशुविज्ञानको पढाई सञ्चालन गराउन समेत सफल भए । अहिले जीतपुर माविमा पशुविज्ञान अध्ययन गरेका विद्यार्थिहरु विभिन्न सरकारी कार्यालयमा समेत कार्यरत रहेका छन् ।
उनलाई यो कार्यमा साथ दिने जीपुरवासी र विद्यालयका शिक्षकहरु साथै महत्वपूर्ण भूमिका निर्वाहा गर्ने तत्कालिन समयका प्रधानाध्यापक  खडानन्द अधिकारीलाई समेत कहिले विर्सनु नहुने पनि गिरीको भनाई रहेको छ । 
गिरी लामो समय सम्म जीतपुरमा रहेको साना किसान सहकारी संस्थाको अध्यक्ष समेत भएर गाउँवासीका विच गएर सहकार्यमा धेरै महत्वपूर्ण काम समेत गरेका छन् । मंगलकारे–जीतपूर–दानबारी–बिर्तामोडको फस्र्टट्रयाक निर्माणमा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ । उनी निरन्तर समाज सेवामा लागिरहने र जिल्लावसीको सहयोमा सदैव अगाडी आउने पनि वताउँछन् । आफुले अहिले सम्म जुनसुकै पदमा अवसर पएपनि सो पदमा वसेर गर्न सक्ने काम गरेको र अव पनि काम गरेरे देखाउने उनको भनाई छ । उनले भने आफु इलामको ग्रामिण तथा सहरी क्षेत्रको समानन्तर विकासकोलागि पनि चुनावी मैदानमा उत्रेको हु । 
गिरीको राजनीतिक यात्रा 
गिरी सानै देखि नेपाली काँग्रेसको राजनीतिक विचार बोकेर अगाडी वढिरहेका छन् । उनी २०३६ सालमा जीतपुर माविबाट संगठनको साधरण सदस्य भएर पञ्चायत विरुद्धको आन्दोलनमा सरिक भएका थिए । 
२०४८ सालमा नेपाली कांग्रेको क्रियाशिल सदस्य बनेका गिरी नेपाली कांग्रेसको १० औँ अधिवेशनबाट जीतपुर गाउँविकास समितिको पार्टी अध्यक्ष बनेका थिए । उनी नेपाली कांग्रेसको ११ औँ अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य बने भने १२ औँ र १३ औँ अधिवेशनमा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापनि बने । 
१४ औँ अधिवेशनबाट उनी प्रदेश नम्बर १ को प्रदेश कार्य समिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन् । 
अहिले उनी लोकत्रान्त्रीक बाम गठबन्धनको तर्फकाट प्रदेश सभा २(क)को उम्मेदवार बनेका छन् । यता नेकपा एमालेबाट भने निर्वतमान जिल्ला समन्यव समितिका संयोजक समेत भई सकेका गणेश बराल उम्मेद्वार बनेका छन् । दुवैको जन्मभूमि एउटै गाउँमा भएकोले पनि यो पटकको प्रदेश सभाको निर्वाचन प्रतिस्पर्दा रोचक हुने अनुमान इलामे जनताले गरेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment