शान्तिपुर माध्यमिक विद्यालयको ७१ औँ बार्षिक उत्सव सम्पनन


इलाम, १९ कातिकः शान्तिपुर माध्यमिक विद्यालय रोङ गाउपालिका २ को ७१औँ वाषिक उत्सव शुक्रबार  बिबिध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा अन्तर आधारभुत तह  नृत्य प्रतियोगिताभएको थियो जसमा ज्योती आधारभुत विद्यालयका युनिस्का राई र रोशिका राई प्रथम, ज्ञानोदय आधार्भुत विद्यालयका अनुस्का खड्का र आरोही राई दोस्रो र बिष्णु अमर आधारभुत विद्यालयका एन्जल दर्जी र रेनुका कालिकोटे तेस्रो भएका थिए।
त्यस्तै आधारभुत तह कक्षा ६ देखि ८ अन्तर्गतको अन्तर विद्यालय नृत्य प्रतियोगितामा बिष्णु अमर अधारभुत विद्यालयका प्रतीक्षा पौडेल र एस्नर राई प्रथम,ज्योती अधारभुत विद्यालयका ऐश्वर्य राई र सदिक्षा राई दोस्रो तथा देबिगन्ज अधारभुत विद्यालयका लुना भुजेल र सोना राई तेस्रो भएका थिए।
त्यस्तै माध्यमिकतर्फ शान्तिपुर माध्यमिक विद्यालयका सलिना ढकाल र दिपिका लकाइ प्रथम तथा शशिमाध्यमिक विद्यालयका जेलिना राई र सृजन तामाङ दोस्रो भएका थिए।
रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बिष्णुमाया खवासको बिशेष आतिथ्यता रहेको कार्यक्रममा रोङ गाउँपालिकाका वडा नम्बर २ र २ का विद्यालय बिच प्रतिस्पर्धा भएको थियो।
वार्षिक उत्सबको अवसरमा शिक्षकहरु दुर्गा प्रसाद बराल, निधि बहादुर नेपाली र दुर्गा न्यौपानेको बिदाइ तथा नव आगन्तुक शिक्षक ममता राईलाइ स्वागत गरिएको थियो ।
कार्यक्रममा विद्यालयलाइ सहयोग पुर्याउने पुजन सुब्बा, राजन चाम्लिङ र शिबलाल भट्टराईलाई सम्मन गरिएको थियो भने जिल्ला खेलकुद बिकास समितिका सदस्य राजन चाम्लिङले विद्यालयलाइ एक थान फुटबल र एक थान भलिबल प्रदान गर्नु भएको थियो।
विद्यालयले आयोजना गरेको  देउसी भैलो कार्यक्रमबाट नगद रु तीन लाख उनन्चालिस  हजार तीनसय एक रुपैया संकलन भएको देउसी भैलो कार्यक्रमका संयोजक शिक्षक  चन्द्र बहादुर लकान्द्रीले जानकारी दिनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो ,उपाध्यक्ष बिष्णुमाया खवास,वडा न १ सदस्य मनमाया राई,बिष्णु अमर माध्यमिक विद्यालयका प्रधानअध्यापक सोम नाथ अधिकारी ,ज्योती आधारभुत विद्यालयका प्रधानाध्यपक आनन्दलाल सिवाकोटी लगाएतले मन्तब्य राख्नुभएको थियो। कार्यक्रममा गायक रमेश बोखिमले गित गाउनुभएको थियो।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर खुलालको सभापतित्वमा सम्पन्न कार्यक्रम शिक्षक चन्द्रकान्त पौडेलले संचालन गर्नु भएको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment