आज मध्यरातिबाट सुरु हुँदै छ ‘स्थिर समय’

१ मंसिर २०७९, बिहीबार


काठमाडौं । आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मध्यरातिबाट ‘मौन अवधि’ अर्थात ‘स्थिर समय’ सुरु हुँदैछ । आज (बिहीबार) मध्यराति १२ बजेबाट उक्त समय सुरु हुने भएकाले दल तथा उम्मेदवारहरुले प्रचारप्रसारका कुनै पनि गतिविधि पाउने छैनन ।
‘स्थिर समय’मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यसैकारण दल तथा उम्मेदवारहरुले आजसम्म मात्र प्रचारका गतिविधि गर्न पाउने छन् ।
भोट हाल्ने दिन ४ गतेको ४८ घण्टाअघिदेखि स्थिर समय अर्थात् मौन अवधि लागू गर्ने प्रावधान छ । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले सभा समारोह, जुलुसलगायत प्रचार र मतदाता प्रभावित पार्ने कुनै पनि प्रकारका चुनावी गतिविधि गर्न पाउँदैनन् ।
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गर्न सक्ने प्रावधान छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment