इलाम नगर फुटबल प्रतियोगितासँगै माइभ्यालीका लागि खेलाडी छनौटको तयारी


इलाम । इलाम नगरकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा पुस २५ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरिएको हो । नगरका १२ वटा वडाको सहभागिता रहने प्रतियोगिता पुष २५ गतेबाट सुरु भएर माघ ७ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा इलाम नगरपालिकाका १ देखि १२ वटा वडा सहभागी हुने छन् । प्रत्येक वडाले आफ्नो वडा भन्दा वाहिरका इलाम जिल्ला भित्रका ४ जना खेलाडि सहभागी गराउन पाउँने छन् । नगरकप इलामको ठूलो टुँडिखेलमा हुने छ । यस प्रतियोगितामा सहभागि खेलाडिहरुबाट इलमको प्रतिष्ठीत प्रतियोगिता माइभ्याली गोल्डकपका लागि आयोजकबाट खेल्ने खेलाडिहरुको छनौट गर्ने समेत तयारी गरिएको माइभ्याली फुटबल क्लवका एक प्रतिनिधिलेले वताए । दुईवर्र्ष अघि २०७६ मा छटौँ संस्करण भएको अहिले  चैत्रमा साताैँ  संस्करणको लागि तयारी भई रहेको स्रोतले जनाएको छ । 

यो संस्करणमा जिल्लामा फुटबलको विकाश र खेलाडी उत्पानको लागि भए पनि आयोजक माइभ्याली फुटबल क्लबबाट इलाम जिल्ला भित्रका नै खेलाडिहरुको छनौट गरी मैदान उत्राने तयारी भइरहेको पनि स्रोतले जनाएको छ । 

नगर खेलकुद विकास समितिको आयोजनामा संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोश्रो हुने टिमले ७५ हजार प्राप्त गर्नेछ ।

सेमीफाइनलबाट बाहिरिने २ टोलीले समान २५/२५ हजार प्राप्त गर्ने समितिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

खेल तालिका



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment