झापासँगको ३ खेलको एक दिवसिय सिरिजमा इलाम एक शुन्यले अघि


इलाम, २१ पुसः जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना र युथ अफ खुदुनाबारीको समन्वयमा झापा खुदुनाबारीको प्रस्ताबित कैंंदले  रङगशालामा आयोजित झापाको युनाइटेड क्रीकेट एकाडेमिसँगकाे  ३ खेलको एक दिवसिय सिरिजमा इलामको रोङ गाउँपालिको टीमले विजयी शुरुवात गरेको छ । इलामले ३ वटा एक दिवसिय  र एक  वटा ४ दिने फस्टकलास क्रिकेट खेल्ने छ । शुक्रबार  भएको पहिलो  एकदिवसिय खेलमा  टस जितेर पहिलो ब्याटिङ रोजेको इलामको रोङ  १९.५ ओभरमा अल आउट हुदै ८० रनमा समेटियो । रोङलाई  सस्तैमा समेट्न झापाको युनाइटेड क्रीकेट एकाडेमिका बलर बशन्त कोइरालाले ५ ओबरमा ३ मेडन राख्दै ५ रन दिएर ५ विकेट निकालेका थिए । 
८१ रनको बिजयि लक्ष पछ्याएको युनाइटेड क्रीकेट एकाडेमी इलामका हेमन राइको घातक बलिङ सामु ६१ रनमा नै समेटिन पुग्यो । रोङका बलर हेमन राइले  ६ ओभरमा२१ रन दिदै ४ विकेट लिए , अर्का बलर उज्ज्वल प्रतापले ३ विकेट लिए । यस खेलमा रोङ   १९ रनले बिजयि बन्यो । बिजयि टिमका कप्तान हेमन राइ  खेलको म्यान अफ दि म्याच घोसित भए  । 
यस अघि शुरु  हुने भनिएको प्रतियोगितामा टीमका खेलाडीलाई आवस्यक सेतो जर्सी आइनपुगेका कारण एकदिवसिय खेल अगाडि तानिएको र २७ गते बाट ४ दिने फस्टकलास क्रिकेट सुरु हुने अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।  अर्को एकदिवसिय खेल ठिक १० बजेबाट सुरु हुने  सन्जय लामाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment