जिल्ला प्रशासन कार्यालय इलाममा सेवाग्राहीको लागि बिहान सात बजेदेखी राती ९ बजेसम्म सेवा प्रवाह


इलाम  फागुनः सरकारी कार्यालयमा सामान्यतया बिहान १० बजेदेखी पाँच बजेसम्म सेवा प्रवाह हुन्छ । निजि कम्पनीहरुले ब्यवसाय सञ्चालनका लागि २४ घण्टा नै सेवा पनि दिइरहेका छन् । तर सरकारी कार्यालय ९स्वास्थ्य संस्थाबाहेक० यस्को कमै मात्र हुने गरेको छ । तर जिल्ला प्रशासन कार्यालय इलाममा भने बिहान सात बजेदेखी राती नौ बजेसम्म सेवा प्रवाह भइरहेको छ । 
सेवाग्राहीहरु समेत सोही समयसम्म सेवा लिइरहेका छन् । आएका सेवाग्राहीलाई नर्फिउन भनेर सो समयसम्म सेवा प्रवाह गर्नु परेको जिल्ला पशासन कार्यालय इलामले जानकारी दिएको छ । 
इलाममा भर्खरै सरुवा भएर आएका नयाँ प्रमुख जिल्ला अधिकारीले कार्यालयमा परिवर्तन ल्याएका छन् । कार्यालयमा कामगर्ने समयको सीमा तोड्दै राहदानी बनाउन अनलाइन फाराम भर्दा लाग्ने पाँच सयदेखी ५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता हटेको छ । इलाममा नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएसँगै रकम तिरेर फारम भर्नु पर्ने र बिचौलियाको भर पर्नु पर्ने बाध्यता हटेको हो । 
इलाममा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कार्यालयमा निशुल्क फाराम भर्ने व्यवस्था सुरु गरेपछि धेरैलाई राहात मिलेको छ ।
केही समय अघिसम्म ई–पासपोर्टको लागि अनलाइन फाराम भर्न निकै समस्या थियो । साइबर सेन्टरमा पुगेर फाराम भर्नुपथ्यो । एउटै फारम भरेको ५ सयदेखी ५ हजारसम्म तिर्नुपथ्र्यो । विचौलियाले कहिले नेट नचलेको त कहिले सिस्टमले काम नगरेको भन्दै महिनौसम्म झुलाउँथे । तर अहिले यी सबै काम निशुल्क रुपमा जिल्ला प्रशासन कार्यालयमा नै हुन थालेको छ । 

सहजरुपमा समयमा नै काम हुन थालेपछि सेवाग्राही खुशी भएका छन् । देउमाई नगरपालिका २ का टेकप्रसाद पौडेलले दुई महिना अघि साइबर सेन्टरमा फारम भर्न रकम र कागजात छोडेका थिए । तर काम भएको थिएन । तर भर्खरै उनले कार्यालयमा आएर एकै दिनमा फारम भरीवरी पासवर्ड निर्माणको प्रक्रिया पुरा गरेका छन् । उनी जस्तै युवराज आचार्यले पनि पहिला नै फारम भर्न प्रक्रिया अगाडी बढाएका थिए । उनको पनि बिभिन्न कारणले काम अगाडी बढेको थिएन । तर पछिल्लो समय उनको काम सहज रुपमा अगाडी बढेको बताए । 
कार्यालयले दैनिक डेढ सय वढिको फाराम भर्दै आएको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता बनाउनेले गर्दा कार्यालयमा निकै भिडम्भाड बढेको छ । अनलाइन फारमलाई सहज बनाउन कर्मचारीले १२ घण्टासम्म काम गर्दै आएको बताइएको छ । हाललाई दुई सिप्फ्टमा कर्मचारी ब्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । जिल्लाका १० वटा स्थानियतहबाट सर्वसाधारण राहादानी लगायतका सेवा लिन प्रशासनमा आउनुपर्ने बाध्यता छ । 
सेवाग्राहीलाई एकै दिनमा सेवा दिने गरि प्रशानले स्थानिय तहसँग पनि समन्वय गरेको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी यादव राउतले जानकारी दिए । उनले राहदानी वितरणलाई सहज बनाउन स्थानिय तहले पनि प्रशासनलाई कर्मचारी उपलब्ध गराएको बताइएको छ । 
विहान सात बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा कर्मचारीले काम गर्दै आएको बताइएको छ । गुनासो रहितको सेवालाई प्रभावकारी बनाउन नयाँ अभ्यास थालिएको  प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । आएका सेवाग्राहीले काम सकेर मात्र फर्किनु पर्ने अवस्था रहेको छ । राती ९ बजेसम्म काम भइरहेको छ । 
जिल्ला प्रशासनले दिने सेवामा सुधारका संकेत देखिएसँंगै आम नागरिकमा सरकारी सेवाप्रतिको विश्वास बढेको छ । भद्रगोल रहेका सरकारी कार्यालयले सक्षम नेतृत्व पाएमा परिवर्तन सम्भव छ भन्ने सन्देश जिल्ला प्रशासन कार्यालय इलामले दिएको छ । 
हाल ९ बजेसम्म काम गरिरहे पनि केही दिनमा सेवाग्राहीको संख्या घट्ने र सेवा प्रवाह सामान्य रुपमा नै फर्किने अपेक्षा लिइएको छ । तर सेवाग्राहीको चाप वढिरहे निरन्तर सेवा प्रवाह गरिने बताइएको छ । 
देशमा संघीयता आएपछि निकै सहज हुन्छ भन्ने विस्वास लिएका नागरिकले सबै कार्यालयबाट सो अनुभुती गर्न पाएका छैनन् । 
गाउँगाउँमा सिंहदरबार आउँछ भनेर नेताले आश्वासन नदिएका पनि हैनन् । तर सेवा पाउने निकायबाट अझैपनि कतिठाउँबाट सहजरुपमा सेवा लिन नपाएको गुनाशो उत्तिकै छ ।  
यस्तै गरि सबै सरकारी कार्यालयमा यसरी नै सुधार गर्न सके नागरिकलाई सहज मात्र हैन देश विकास समेत हुने आम सर्वसाधारणको भनाई छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment