इलाममा तोडफोड तथा आगजनी गर्ने १५ जना पक्राउ

मंसिर २३, इलाम।


 इलाममा तोडफोड तथा आगजनी गर्ने घटनामा संलग्न रहेको ठहरिएका १५ जनालाई इलाम प्रहरीले नियन्त्रणमा लिएको छ। इलाम जिल्ला प्रशासनको निर्देशनअनुसार अनुसन्धान अघि बढाइएकामध्ये उनीहरूलाई क्रमिक रूपमा पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७८ साल भदौ २४ गते इलामस्थित सरकारी कार्यालयमा भएको तोडफोड तथा आगजनीसम्बन्धी मुद्दामा संलग्न व्यक्तिहरूलाई हाल इलाम जिल्ला अदालतको आदेशअनुसार नियन्त्रणमा राखिएको हो। पक्राउ परेकामध्ये अधिकांश इलामका विभिन्न स्थानीय तहका बासिन्दा रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूमा


रहेका छन्।

उनीहरूलाई विगतमा दर्ता भएको मुद्दाका आधारमा क्रमिक रूपमा मंसिर २१ र २२ गते इलामको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको प्रकृति संवेदनशील भएकाले थप अनुसन्धान जारी छ र आवश्यक कानूनी प्रक्रिया पूरा गरी मुद्दा अदालतमा पेस गरिनेछ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment