- जीवन शर्मा
लघु वित्तमा काम गर्ने कर्मचारीहरु गाउँ गाउँ जानुपर्ने र जतिबढी सदस्य बनायो उति नै सुबिधा बढाइदिने प्रलोभन देखाइएको हुदा फिल्ड जाने कर्मचारीहरुले सदस्य बनाउन अति नै दवाव दिने गर्छन् । अनि केही प्रलोभन देखाउन थाल्छन । अर्थिक अभावमा थलिएको ग्रामीण क्षेत्र आश्वासन र प्रलोभन देखाएर पछि कर्जा लिन सजिलै सहमत हुन्छन् । अनि शुरु हुन्छ चेप्ने र दवाव दिने काम ।
मासिक किस्ता शुरु भएपछि शुरु हुन्छ ऋणिका दुखका दिन । कुनै पुर्व तयारी नगरी लेनदेन भएको ऋणले प्रतिफल दिनु त कहाँ हो कहाँ किस्तै तिर्न कठिनाई हुन्छ । कुनै कुनै महिना त दुइटा किस्ता पर्छन अनि किस्ता तिर्न हम्मेहम्मे हुनु अनौठो होइन । फेरि प्रलोभनका कारण १२ वटासम्म लघुबित्तका सदस्य र त्यति वटैको ऋणको भार थेग्न नसकेपछि कतिले आत्महत्या गर्छन कतिका परिवार बिग्रेको छ । कति त ठाउँ नै सरेर पलायन हुन थाले ।
समस्या कहाँ त ?
ऋण दिनु त अपराध होइन नै र लिनु पनि अपराध होइन । तर गुलिया आश्वासन दिएर ऋणि बनाउनु अनि बुझ्दै नबुझी ऋण दिनु र लिनु दुवै अपराध हुन । ग्रामिण भेगमा महिना दिनमा के व्यवसाय गर्दा प्रतिफल शुरु हुन्छ ? गम्भीर कुरा यहि हो । कुखुराको अण्डाबाट चल्ला कोरल्न त २१ दिन लाग्छ टर्कीको २९ दिन लाग्छ अनि अष्टिचको त झन ४१ दिन लाग्छ भने एक महिनामा के हुन्छ ? अनि कसरी किस्ता तिर्ने ? फेरि अरु संस्थाबाट पनि कर्जा लिएको छ कि छैन भन्ने कुरा बुझ्दै नबुझी कर्जा दिदा र लिदाको परिणती हो ।

देखावटी सस्तो ब्याज देखाइएको भए पनि व्यवहारमा ब्याजको दर धेरै बढी हुन्छ । यो कुरा आम ऋणिलाई थाहा हुदैन । उनीहरु त सजिलै कर्जा पाइएको हुदा फुरुङ्गै हुन्छन तर यो किस्ताबन्दीमा ब्याजको दर हेर्दा सस्तो देखिएतापनी तिरिसक्दा अधिक हुन्छ । लगुबित्त संस्थालाई ऋणको सदुपयोग होस या नहोस त्योसङ्ग सरोकार रहन्न ।
उसलाई त किस्ता भए हुन्छ अबि उसका कर्मचारीलाई त्यस तर्फ वास्ता रहदैन उसको लागि जे गरेर भए पनि किस्ता भए पनि हुन्छ । आजसम्म लघुबित्त संस्थाको कर्जाले कोहि धनी भएको छैन बरु दिनका दिन कङ्गाल बन्दै गएको देखिन्छ । लघुबित्त संस्थाहरुले यसको समिक्षा गर्नु अनिवार्य छ । मासिक किस्तालाई परिमार्जन गरि अर्धवार्सिक किस्ता र उचित ठाउमा लगानी हुनु हो भने पक्कै पनि प्रतिफल देखिन्छ ।
समाधानका उपाय
लघुबित्त बैकहरुले पनि पैसा धेरै भएर कर्जा दिएको पक्कै होइन तर बुझ्नुपर्ने कुरा के भने लघुबित्त बैकहरु सेवामुखी हुँदै होइनन पुर्णतः नाफामुखी हुन । सस्तो ब्याजमा कर्जा लिएर महङ्गो ब्याज दरमा लगानी गरि नाफा कमाउने उनीको लक्ष्य हो । लघुबित्त बैक त आफ्नो लक्ष्यमा पुग्छ नै तर यता ऋणिको अवस्था झन झन रुग्ण बन्दै गैरहेको छ ।

तसर्थ यसको समाधानमा आजै नलाग्ने हो भने सयौ घरपरिवार बिग्रेका हुनेछन । कयौ बालबालिका टुहुरा हुनेछन । सबैभन्दा पहिला त लघुबित्त बैकहरुले ऋणिलाई व्यवसायको लागि तयारी गर्नुपर्छ । बुझ्दै नबुझी ऋण माग गरेकै भरमा कर्जा उपलब्ध गराइनु हुदैन ।जसरी उनीहरु किस्ता उठाउनमा कसिकसाउ गर्छन त्यसरी नै व्यवसाय गराइनमा कसिकसाउ गर्नुपर्छ ।
मासिक किस्ताको धारणाबाट पछि हट्नुपर्छ र अनुगमनमा जोड दिनुपर्छ । लगानीमा मात्रै जोड दिएर ऋणि बनाउनु र जसरी किस्ता उठाउने मनोगत उद्देश्य भन्दा अलिक पृथक बन्नु पर्छ । यदि सेवा प्रदान गर्ने हो भने सेवालाई पहिलो उद्देश्य बनाउनुपर्छ र नाफालाई दोस्रो उद्देश्य बनाउनु पर्छ । सदस्य बनिन दवाव दिने होइन व्यवसायी बनिन दवाव दिनुपर्छ ।
सहज आय आर्जनका व्यवसायका बारेमा विभिन्न तालिमहरु उपलब्ध गराउनुपर्छ । अरुले दिएको अनुदानमा आफ्नो नाम जोडेर नाक ठड्याउनु होइन कित आफै अनुदान दिन सक्नु पर्यो कि त त्यस्ता संस्थाहरु सङ्ग आफ्ना सदस्यलाई सहकार्य गराइ दिनुपर्यो । सबैभन्दा पहिले त लघुबित्त बैकहरुले व्यवसाय केन्दृत बनाउन सक्नुपर्छ । कर्जा लिनेले पनि आफ्नो घाँटी हेरेर हाड निल्ने बानीको बिकास गर्नुपर्छ अन्धाधुन्ध ऋण खाने तर व्यवसायको नाममा सिन्को नभाच्ने आफ्नो प्रवृत्तिलाई सुधार गर्नुपर्छ ।
स्पष्ट योजना बिना कर्जा लिनै हुदैन र व्यवसाय प्रकृति दीर्घकालीन हुनुपर्छ । नत्र आफै आफ्नो बिनासमा लागिन्छ । सोच र जागर दुवै हुनुपर्छ । यता लघुबित्त बैक हरुले पनि मिलेर एउटा सफ्टवेयर तयार गर्नुपर्छ । जुन सफ्टवेयरमा सदस्यहरुको नाम दर्ता गरियोस र आफ्ना सदस्यहरु अन्य बित्तिय संस्थाका सदस्य भएको र कर्जा लिएको छ छैन हेर्न सकियोस । यदि त्यसो भएको खण्डमा दुवै पक्षलाई सजिलो र फाइदा हुन्छ ।

0 comments:
Post a Comment