१ नम्बर प्रदेशको बुद्दिचाल संघको अध्यक्षमा इलामका सुरेन्द्र राई निर्वाचित


इलाम, १० फाल्गुनः  बुद्दिचाल संघ प्रदेश नम्बर १ समितिको अध्यक्षमा इलामका सुरेन्द्र कुमार राई निर्वाचित भएका छन् । नेपाल बुद्दिचाल महासंघको केन्द्रिय अध्यक्ष विदुर गौतमको प्रमुख आतिथ्यतामा झापाको दमकमा सम्पन्न बुद्दिचाल समिति दोस्रो अधिबेशनले रार्इको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति र ५ जनालाइ केन्द्रिय अधिबेशन प्रतिनिधिमा छानेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा सचिवममा खोटाङका याइशाष  याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान, कोषाध्यक्षमा उदयपुरकी ईस्वरी कार्की र सदस्यहरुमा पाँचथरका  महेन्द्र नेम्बाङ, तेह्रथुमका ईङसा कन्दङ्बा ताप्लेजुङका राम कुमार मादेन मोरङाका शुदर्शन प्रसाद भट्टराई रहेका छन् । 
त्यस्तै गरि केन्द्रिय महादिबेशन प्रतिनिधिहरुमा बासुदेव, बिश्वबिजयि घिमिरे, अतुल दाहाल, राजेन्द्र कुमार पराजुली र बिनिता निरौला रहेका छ्न । कार्यक्रममा महांसंघ केन्द्रिय सचिव मोनालिसा खम्बु, पुर्व बरिस्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद रिजाल, केन्द्रिय सदस्य दिपेन राइ लगायतको उपस्थिति  रहेको थियो ।
प्रमुख अतिथि गैतमले बुद्दिचाल विकासमा संघलाइ साथमा लिएर राज्य अझ जिम्मेवार भएर लागे नेपालको अन्तर्राष्ट्रिय स्तरमा विशिस्ट पहिचान बनाउन सक्ने सम्भावना भएकोले संघलाइ रचनात्मक र कृयासिल रहन विशेष निर्देशन दिएका थिए । यता महासंघ सचिवले बुद्दिचाल खेल बालवालिका र युवालाइ विशेष समर्पित गरेर विकास लागे चाडै प्रगति हुने बताउदै विशेष गरि महिला खेलाडी उत्पदनमा समेत लाग्न आग्रह गरेकी थिइन ।
नवनिर्वाचित समितिका अध्यक्ष सुरेन्द्र कुमार रार्इको अध्यक्षतामा बसेको पहिलो बैठकले सबै अतिथि र प्रतिनिधिलाइ धन्यवाद ब्यक्त गर्दै प्रदेश नम्बर १ मा बुद्दिचाल विकास, विस्तार र प्रबर्द्धनका लागि कार्ययोजना समेत बनाएको छ । कार्ययोजनामा प्रदेश नम्बर एकलाइ चेस पर्यटनको रुपका विकास गर्ने नयाँ खेलाडी उत्पादन र युवा खेलाडीको सिप र क्षमता विकास साथै अग्रजलाइ सम्मान गर्दै अनुभवलाइ लिएर लाग्ने निर्णय गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी प्रदेशबाट उत्पदनका जोन दिने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता समेत गर्ने प्रदेशले मुख्य लक्ष्य राखेको छ । आगामी बैठकमा बुद्दिचाल विकासको लागि गुरुयोजना निर्माणमा लाग्ने अध्यक्ष राइले बताएको छ्न ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment