इलामको रोङमा पिताको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

  • गोबिन्द पौडेल 

रोङ १०, फागुनः रोङ ६ सलकपुरका एक परिवारले आफ्ना पिताको स्मृतिमा दुशईबटा सामुदायिक संस्थाहरुलाई आर्थिक सहयोग गरेका छन् । आफ्ना पिता भक्त बहादुर थापा मगरको स्मृतिमा उनका छोराहरु कुषल थापा मगर र कृष्ण थापाले स्थानिय मोतिराम माध्यमिक विद्यालयलाई नगद एकलाख र नजिकै रहेको देबिस्थान मर्मतको लागि नगद ५१ हजार ५ सय प्रदान गरेका हुन ।आफ्ना बुवा भक्त बहादुर मगरको गत माघ २५गते निधन भएकोमा सहयोग बाफत उठेको एकलाख ५१ हजार पाचसय रकम सामाजिक सस्थाहरुलाई दिएको सहयोगि कुषल थापाले बताए । 
मोतिराम मा बिका पुर्व बिद्यार्थि कृष्ण थापा अहिले अमेरिकामा प्रोफेसर रहेका छन् ।आफुले पढेको बिद्यालय अहिलेपनि अभिभावकहरुकै सहयोगमा चल्नु पर्ने देखेपछि अभिभावकहरुले गर्नुपर्ने आथिक सहयोगको बार्षिक रुपमा जिम्मा लिने जिम्बेवारी लिएको कृष्णका दाजु कुषलले बताए ।
बिद्यालयलाई  थापा परिवारले गरेको आर्थिक सहयोग सिकाई स्तर बृद्धिमा खर्च गरिने र कृष्णको प्रतिबद्धताले  बिद्यालयलाई अभिभावकहरुको ठुलो आर्थिक भार घटाउने बिद्यालयका प्रधानाध्यापक कुमार मगरले बताए ।
यसैगरि आफ्नै टोलमा रहेको देविस्थान मर्मतको लागि रोङ गाउपालिका वडा न ६ ले चालु बर्षमा तिसहजार बिनियोजन गरेको भएपनि त्यसले खास काम पुरा नहुने देखेर देविथान मर्मतमा सहयोग गरेको कुषलको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment