इलाम, ९ फागुनः विभिन्न जिल्लाहरु लगायत भारतबाट चोरी गरी ल्याईएका मोटरसाईकहरुलाई पक्राउ तथा नियन्त्रण लिनको लागी जिल्ला प्रहरीकार्यालय इलामले बिशेष अभियान संचालन गरीरहेको छ ।
अहिले प्रहरीले जिल्लाको भिबिन्न स्थानहरुमा चेकजाच गर्ने, चेक पोइन्ट स्थापना गर्ने र संकित मोटरसाईकलहरु सम्बन्धमा बिशेष अनुसन्धान गर्ने गरेको छ । चेकजाँच गर्ने क्रममा बिभिन्न स्थानहरुमा चोरीका कागज पत्र नभएका ७ थान मोटरसाईकल पक्राउ गरी अनुसन्धानमा रहेको छ ।
सोही अभियान अन्तर्गत केही समय पहिला पनि चोरी गर्दा गदैको अवस्थामा चोरीका ७ थान मोटरसाईकल र सो कार्यमा संलग्न अभियुक्तहरु पक्राउ गरी कानुनी कार्वाहीको प्रकृयामा समेत रहेको छ । पुस महिना देखी हाल सम्म जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरी युनिटहरुबाट जम्मा १४ वटा मोटरसाईकलहरु पक्राउ गरी सकेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले मातहतका सबै प्रहरी इकाईहरुलाई अभियानकै रुपमा यस्तो सरप्राईज चेकप्वाईन्ट खडा गरी कागजपत्र नभएकामोटरसाईकल पक्राउ गर्न निर्देशन समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार वस्नेतले जानकारी गराए ।

0 comments:
Post a Comment