सवारी दुर्घटनामा परेका पूर्णबहादुर साउदीको जेलमा, छुटाउन परिवारको अपिल

१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सिन्धुलीका पूर्णबहादुर तामाङ साउदीमा गाडी चलाउँथे । एक दिन गाडी दुर्घटनामा प¥यो । तर उनी भाग्यले बाँचे । टाउको र हातमा चोट लागेको थियो । चोट गहिरो नभएकोले उनी बाँचे । जुन गाडी दुर्घटनामा पर्यो, त्यो गाडीका धनीले चालकको लापरबाहीले दुर्घटना भएको र गाडी क्षतिग्रस्त भएको दावी गर्दै प्रहरीमा जाहेरी दिए । प्रहरीले गाडी धनीको माग जाहेरी बमोजिम कारबाही चलायो । अदालतले पनि पूर्णबहादुरलाई दोषी मान्यो । गाडी धनीले क्षतिपूर्ति माग गरेका छन् । तर एक गरिब परिवारका पूर्णबहादुरले कहाँबाट ल्याएर ती गाडी धनीलाई क्षतिपूर्ति दिउन् ? उनी अहिले साउदीको जेलमा दिन काटिरहेका छन् । यता नेपालमा उनका आफन्त विचलित छन् ।
यिनी हुन् सिन्धुली कमलामाई गाउँपालिका ५ की जानकी माया तामाङ । घरको आर्थिक अवस्था कमजोर भएका कारण परिवार पाल्न समस्या हुने देखर उनका पति पूर्णबहादुर तामाङ झण्डै १३ वर्ष अघि साउदी अवर पुगे । साउदी रियादस्थित डोरट अल नकअल कम्पनीमा ड्राइभिङको कामका लागि उनी साउदी पुगेका थिए । उक्त कम्पनीमा उनी कुखुराको दाना बोक्ने सवारी चलाउथे । तर आफैले चलाएको सवारी दुर्घटनामा परेपछि उनलाई साउदी प्रहरीले पक्राउ गरेर एक वर्षदेखि थुनामा राखेको छ ।
गत वर्ष माघ ७ गते पूर्णबहादुरले चलाएको गाडी ओभर स्पिड भएका कारण दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी आफै घाइते भए । उनको टाउको र हातमा चोट लाग्यो । पल्टीएको गाडीको सिसा फुटाएर उनले आफ्नो ज्यान जोगाएका थिए । घटनास्थलमा पुगेको प्रहरीले त्यसबेला उनलाई सामान्य उपचार गरेर छाडिदिएको थियो ।
तर, दुर्घटनामा गाडीमा क्षति पुगेको भन्दै कम्पनीका मालिकले क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरे । त्यसपछि घटनाको दोस्रो दिन अर्थात माघ ९ गते पूर्णबहादुरलाई प्रहरीले हिरासतमा लियो । क्षतिपूर्ति बुझाउन नसक्दा पूर्णबहादुर अहिले खुरयस भन्ने ठाउँमा एक वर्षदेखि थुनामा छन्् । यता विदेशमा थुनामा परेका पतिको उद्धारका लागि जानकी विलौना गरिरहेकी छिन् ।
वैदशिक रोजगारीबाट कमाएको रकमले घर खर्च चलाउँदै आएका पूर्णबहादुर जेल परेपछि परिवारको विचल्ली भएको छ । पूर्णबहादुर र जानकीका तीन सन्तान छन् । तीनै सन्तानको शिक्षामा पनि नराम्रो प्रभाव परेको छ । पति जेलमा परेपछि झेल्नु सम्म दुख झेलेकि जानकीले अहिले घरखर्च चलाउनै हम्मे हम्मे परेको बताएकी छिन् ।
दुर्घटनामा परेपछि पूर्णबहादुर न कतै भागेका थिए, न त कम्पनी मालिकको सम्पर्कबाट टाढा थिए । घटनापछि कम्पनीका मालिकले जे हुनु भयो अब अर्को गाडी चलाउ भन्दै आश्वासन दिएर पूर्णबहादुरलाई आफु कहाँ बोलाए । तर मालिकले अर्को गाडी चलाउन दिनु त परको कुरा उल्टै उनलाई प्रहरी हिरासतमा पुर्याइदिए ।
कम्पनीका मालिकले क्षतिपूर्ति वापत ६० हजार रियालको माग गरेको बताइएको छ । अर्थात २१ लाख १८ हजार बढी नेपाली रुपैया क्षतिपूर्तिको माग गरिएको छ । तर यत्रो रकम बुझाउने हैसियत तामाङ परिवारको छैन् । घटनापछि पूर्णबहादुर कार्यरत कम्पनीका कोही पनि प्रतिनिधि सम्पर्कमा आउन चाहदैनन् । कम्पनीका मालिकले साउदीस्थित नेपाली दूतावासको समेत फोन उठाएका छैनन् ।
पैशा कमाउन विदेश गएका पूर्णबहादुर प्रहरी हिरासतमा छन् । यस्तो अवस्थामा उनको रिहाइका लागि कहाँ जानु ? कस्लाई भन्नुु ? यस्तै नाना थरिका जिज्ञासा मनमा खेलाउँदै पूर्णबहादुरकी पत्नी जानकीको दिनचर्या दुखमय बनेको छ ।
न्युज२४ नेपालबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment