मोटरसाईकल चोरीमा संलग्न दुई जना पक्राउ


सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२ मा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी–२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा रहेका छन् । उनीहरुले गत माघ २५ गते इटहरी–२ का बिक्रम खडकाको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए ।
खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई बिराटनगर–११ स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment