झापाको मेचिनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

 १ चैत्र २०७९, बुधबार 

झापा। झापाको मेचिनगर नगरपालिका–४ राईसिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्टबहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिधुतिय करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्याालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment