इलाम पालिका कपः माई नगरपालिकालाई १–० ले पराजित गर्दै इलाम नगरपालिका फाइनलमा प्रवेश


इलाम, ७ चैत्रः इलाम नगरपालिका १ साँखेजुङको नेपालटार माध्यामिक विद्यालयको खेल मैदानमा भई रहएको पालिका स्तरीय कपमा इलाम नगरपालिका फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा इलाम नगरपालिकाले माई नगरपालिकालाई १–०ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का बनाएको हो । 
वर्षाद्का कारण केही समय ढिला शुरु भएको खेलमा पहिलो हाफ बराबरीमा समाप्त भए पनि दोस्रो हाफको १० औँ मिनेटमा इलाम नगरपालिकाका लागि शुकराज राईले गोल गर्दै इलाम नगरपालिकालाई जित दिलाएका हुन । 
प्रतियोगितामा इलामका ९ पालिका र आयोजक गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार साँखेजुङ निवासी स्वर्गिय वुवा कृष्ण वहादुर वस्नेतको नाममा उहाँका छोराहरु विनोद वस्नेत, राजु वस्नेत र विपिन वस्नेलले  आफ्नो बुबाको स्मृतिमा पुरस्कार रकम प्रायोजना गरेका हुन । 
त्यसै गरी दोस्रो र तेस्रो पुरस्कारको रकममा इलाम साखेजुङ दोहा कतार समाजका मन कुमार राई, सुवास गुरुङ, चेतराम दाहाल र सुनिल गुरुङले सहयोग गरेका छन भने ट्रफी मेडल तथा प्रमाणपत्रमा स्वर्गिय वुवा गंगा वहादुर वस्नेतको र  स्वर्गिय आमा मिना देवी (तुलसा) वस्नेत नाममा रमेश वस्नेतवाट सहयोग भएको आयोजकले जानकारी गराएको छ । 
साखेजुङ खेलकुद विकास समितिको आयोजनामा चैत्र १० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।
भोली (बुधबार)को दोस्रो सेमिफाइनल खेल हेलिवोथ फुटबल क्लब र देउमाई नगरपालिकाको युनइटेड युथ क्लब विचहुने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment