इलामकाे सूर्योदय आर्थिक विकासमा देशकै उत्कृष्ट नगरपालिका


इलाम । पर्यटकीय नगरी सूर्योदय नगरपालिका आर्थिक विकास क्षेत्रमा देशकै उत्कृष्ट घोषणा भएको छ । नेपाल नगरपालिका संघले सोमबार काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा स्थानीय आर्थिक विकास क्षेत्रमा सूर्योदयलाई देशकै उत्कृष्ट नगरपालिका घोषणा गर्दै पुरस्कृत गरेको हो । २ सय ९३ पालिकामध्ये स्थानीय आर्थिक विकास क्षेत्रमा सूर्योदय नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।
प्रशासक काशीनाथ दाहालको संयोजकत्वमा अर्थ, संघीय मामिला, शिक्षा , स्वास्थ्य कृषि मन्त्रालय सहित वित्तिय आयोगका १५ जना बिज्ञको टोलीले अध्ययन गरी बिभिन्न मापदण्डको आधारमा उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । स्थानीय आर्थिक बिकासमा सूर्योदय संगै सामाजिकमा ललितपुर महानगरपालिका र सहरी योजना तथा पूर्वाधार बिकास तथा बिपद ब्यवस्थापनमा भरतपुर महानगरपालिका पहिलो भएको छ ।
एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नगर प्रमुख राईले उत्कृष्ट नगरपालिकाको प्रमाणपत्र ग्रहण गरे । उनले सूर्योदय नगरपालिकाले आफ्ना सबै क्षेत्रलाई परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको बताए । नगर प्रमुख राईले भने ‘आर्थिक रचना र प्रणालीले विधि पद्धति र मानव सम्वन्धमा परिवर्तन ल्याउन सक्छ ।’
उनले सूर्योदय नगरपालिकाले आर्थिक रचना र प्रर्णालीलाई आफ्नो कार्य प्रविणता ठानेको बताए । राईले परिवर्तनको अनुभूति गर्न समयको प्रतिक्षा गर्नु पर्ने भए पनि सूर्योदयको मार्ग स्पष्ट भइसकेको जानकारी दिए । उनले सूर्योदयको बिकासले स्पष्ट चित्रहरू देखिन थालेको बताए । उत्कृष्ट नगरपालिका बनाउन सहयोग गर्ने कर्मचारी सहित सबैलाइ राईले धन्यवाद दिए ।
सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (Local Government Institutional Capacity Self–Assessment ) मा हालसम्मको प्रथम र पालिकामध्ये दोस्रो र कार्य सम्पादनमा पनि निकै राम्रो अवस्था रहेको छ । सूर्योदय नगरपालिकाले सार्वजनिक सेवालाई सुदृढीकरण गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायित्व, नैतिकतापूर्ण , कार्यप्रवीणता बनाउन स्पष्ट दृष्टिकोण तयार गरीसकेको छ ।
नगरले जनताको गुनासो सुन्न “ गुनासो चौतारी “ वडा–वडामा प्रारम्भ गरेको छ । नगरपालिकाको एप खुल्ला गरेको छ । प्रविधिमा फडको मारेको नगरले हस्तलिखित कागजपत्र बिस्थापन गर्दै डिजिटलाईज गरेको छ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment