रवि लामिछानेमाथि कारबाहीको माग गर्दै पुनः सर्वाेच्च पुगे युवराज पौडेल

१९ चैत्र २०७९, आईतवार


काठमाडौं । रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वाेच्च अदालत पुगेका छन् ।
लामिछानेमाथि राहदानी विवादमा मुद्धा नचलाउने महान्यायाधिवक्ताको उक्त निर्णयविरूद्ध आइतबार युवराज रिट दायर गर्न सर्वाेच्च पुगेका हुन् ।
उनले लामिछाने अमेरिकी नागरिक नै भएको अवस्थामा नेपालको राहदानी लिएको विषयमा कानुनबमोजिम छानविन गरि कडा कारबाहीको माग गरेका छन् ।
सर्वाेच्चमा रविविरुद्ध रिट दायर भए पनि रिट दर्ता भने भइसकेको छैन । उक्त रिटबारे अध्ययन चलिरहेको बताइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन बुझाएपछि गत चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। तर, उक्त निर्णयविरुद्ध पौडेल पुनः सर्वाेच्च पुगेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment