इलाम, २८ चैत्रः नेपाल नेत्रज्योति संघ इलामले मंगलबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको दोस्रो अधिवेशनमा इन्द्र फुएलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
फुएलको अध्यक्षतामा भएको समितिमा उपाध्यक्ष विष्णु कार्की, सचिवमा प्रकाश भट्टराई, कोषध्यक्षमा ज्ञानु लामा, सह–सचिवमा वेद प्रसाद घिमिरे, सह–कोषाध्यक्षमा राजु राई चयन भएका छन् भने सदस्यहरुमा हरिनाथ फुएल, विरेन्द्र कार्की, विनय तिम्सीना, सुवास घिमिरे, पुष्पा रिजाल खनाल, कृष्ण वस्नेत, टीकाराम पुरी निर्वाचित भएका छन् ।
प्रमुख अथिति इलाम नगरपालिकाका नगर प्रमुख केदार थापालाई लामो समय सम्म प्रतिक्षा गर्दा पनि उपस्थित नभए पछि नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य पदम नारायण चैधरीको विशेष आतिथ्यतामा कार्याक्रम सम्पन्न भएको संस्थाका नव निर्वाचित उपाध्यक्ष विष्णु कार्कीले जानकारी गराए । कार्याक्रममा नेपाल रेड क्रस सोसाइटी इलामका सभापति शिवलाल गौतम, नेपाली कांग्रेसका उप–सभापति खगेन्द्र देवान, महिला जागरण संघकी सचिव कमला बराल, गोविन्द पौडेल, कोमल निरौला लगायतको उपस्थिति रहेको थियो ।
मंगलबार नै वसेको नयाँ कार्य समितिको पहिलो वैठकबाट डिकेन्द्र इदिङ्गो र नुनुमा रार्ईलाई सदस्यको रुपमा मनोनित गरेको छ भने वसन्त तिम्सीनाकोको संयोजकत्वमा लेखा समितिमा तुलाराम सुवेदी र राम मगरलाई मनोनित गरेको सचिव प्रकाश भट्टराईले जानकारी गराए ।
0 comments:
Post a Comment