नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

 २९ चैत्र २०७९, बुधबार 

 पथरीशनिश्चरे, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् ।
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । गत जेठमै नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए ।
फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । करिब १० महिनापछि उनी पक्राउ परेका हुन् ।
गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment