१ बैशाख २०८०, शुक्रबार
काठमाडौं । वर्ष २०७९ सुरुवात देखि नै देशमा विभिन्न किसिका परिवर्तन र घटनाक्रमको साक्षी बन्यो । २०७९ सालमा भएका समग्र्र राजनितिक, सामाजिक परिर्वतनले आम जनतामा आशा र निराशा दुवैको अनुभूति गरायो ।
बैशाखमा भएको स्थानीय र मंसिरमा भएको प्रतिनिधि तथा प्रदेश निर्वाचनबाट आएका केही नयाँ अनुहार र दलले केही आशा जागृत त ग¥यो तर तीनले देखाएको व्यवहार र कार्यशैलीले भने छोटो समयमै आम नागरिक सशंकित बन्ने अवस्था आयो ।
सामाजिक सञ्जालहरुको बढ्दो प्रयोगसँगै नेपाली समाज अचम्म लाग्दो किसिमले परिवर्तन हुँदै गइरहेको छ ।
सामाजिक सञ्जालहरुमा व्यक्तिगतदेखि राष्ट्रिय सवालका विषय उठ्ने र त्यही न्याय निसाफ दिने जस्तो कृयाकलाप संस्कारको रुपमा विकसित हुँदै गइरहेको छ ।
सामाजिक सञ्चालहरुमा आउने प्रतिक्रियाकै कारण अहिले नेपाली समाज जुनसुकै विषयमा पनि नकरात्मक प्रतिक्रिया जनाइहाल्ने फोर्सको रुपमा विकसित हुँदै गएको छ ।
पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्यामध्ये ३४ प्रतिशत नेपाली रोजगारविहीन छन् ।
कुनै पनि काममा आवद्ध नभएका मानिसको दिन कटाउने माध्यम सामाजिक सञ्जाल भएको छ ।
अझ कोरोना महामारी पछिको बन्दाबन्दीका कारणले हरेक नेपाली मोबाइल लगायतका ग्याजेटमा अभ्यस्त हुँदै जादा सामाजिक संजालको प्र्रयोगककर्ताका रुपमा स्थापित भएका छन् ।
हाल नेपालमा भएका कुल जनसंख्या मध्ये करिव ७३ प्रतिशत नागरिक मोवाइल फोनको पँहुचमा छन् भने ३७ प्र्रतिशतमा इन्टरनेटको सुविधा छ ।
हातमा फोन र घरमा इन्टरनेट भएका हरेक नेपाली आजको दिनमा विश्लेषक बनेका छन् ।
देशमा भएका हरेक घटनाक्रमका बारेमा राजनितिज्ञ देखि आम नागरीकले सामाजिक संजालमा टिप्पणी गर्ने गरेका छन् । तर एउटै समस्या हरेकले गर्ने टिप्पणी र समीक्षामा निराशा, आक्रोश र नकरात्मक पक्षमात्रै मिसिएको हुन्छ ।
यही शैली बढ्दै गए सामाजिक सञ्जालमा उपलव्ध हरेक नेपालीमा नकरात्मक पाटोबाहेक केही नदेख्ने अराजक प्रवृत्ति विकास हुँदै जाने निश्चित छ ।
नेपाली समाजको संरचना हेर्ने हो भने राणाकाल र पञ्चायतकालका अधिकांस समय चाकडीमै वित्दा त्यसले संस्कारकै रुप लिएको देखिन्छ । तर यही परिपाटी बहुदल हुँदै मुलुक संघीय गणतन्त्रमा पुग्दा समेत उही छ ।
अहिले पनि धेरै नेपाली काम र मेहनत गर्नुको साटो चाकरी, घुसखोरी र कमिसनमै रमाएको देखिन्छ ।
मेहनतले स्थापित हुनेभन्दा अनेक तिकडम गरेर रातारात सम्पन्न हुने ध्यान धेरैको देखिन्छ । त्यसकारण पनि ठगी, भ्रष्टाचार र कमिसनतन्त्र झन–झन मौलाउदै गएको छ ।
राज्य सञ्चालनमा रहेकाहरुले गर्ने कृयाकलाप र नीतिका कारण पनि हरेक वर्ष नेपालीमा निराशाको दर बढ्दो क्रममा छ ।
वर्ष २०७९ पनि आर्थिक मन्दी, राजनीतिक अस्थिरता लगायतका कारण आम सर्वसाधारणलाई तनाव मात्रै दिने वर्ष जस्तो बन्यो । यही कारण पनि लुटपाट, हत्याहिंसा, आत्महत्या जस्ता घटनाहरु वर्ष २०७९ मा निकै बढेर गएको छ ।

0 comments:
Post a Comment