माईखोलाको दोभानमा एक महिला मृत फेला

२०८२ मंसीर २३ गते , मंगलबार


झापा शिवसताक्षी नगरपालिका-१० माईधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा एक महिला मृत फेला परेकी छन् ।आज बिहान अन्दाजी ९:२० बजे खोलाको दोभानमा शिवसताक्षी-१० जीवनटोल बस्ने ६२ वर्षीया विमला माझी पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुवास केसीको कमान्डमा टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टमको लागि आम्दा अस्पताल दमक पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment