हङकङ आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुग्यो

एजेन्सी
२०८२ मंसीर २३ गते , मंगलबार


हङकङ । हङकङमा दशकौँयताकै सबैभन्दा भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ । मङ्गलबार प्रहरीले एक अतिरिक्त शवको पहिचान भएपछि मृतक सङ्ख्या बढेको पुष्टि गरेको हो । यस घटनामा अझै ६ जना बेपत्ता रहेका छन् ।
गत महिनाको अन्त्यतिर आवासीय भवनमा लागेको आगलागी १९८० यताकै विश्वकै सबैभन्दा घातक आवासीय भवन आगलागी ठहरिएको छ । प्रभावित भवनहरूमा गरिएको खोजतलास सकिएपछि अधिकारीहरूले अघिल्लो हप्ता १५९ जनाको मृत्यु भएको बताएका थिए ।
प्रहरी आयुक्त जो चाउका अनुसार, पहिले सङ्कलन गरिएको एउटा अवशेषमा थप परीक्षण हुँदा त्यसमा दुई व्यक्तिका अवशेष रहेको पुष्टि भएपछि मृतक सङ्ख्या १६० पुगेको हो । १६० मृतकमध्ये १२० जनाको पहिचान डीएनए तथा फिङ्गरप्रिन्ट परीक्षणमार्फत भइसकेको छ । बाँसको बाहिरी संरचनाले ढाकिएका भवनहरूमा आगो अत्यधिक तीव्रतामा फैलिएको थियो ।
प्रहरीको क्याजुअल्टी इन्क्वायरी युनिट प्रमुख त्साङ शुक–यिनका अनुसार ६ जना अझै बेपत्ता छन् ।हङ्कङका प्रमुख कार्यकारी जोन लीले यस घटनाबारे छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment