मंसिर २४, २०८२ | झापा
झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा भएको एक वैवाहिक समारोहमा नाचगान गर्ने क्रममा विवाद उत्पन्न भई कुटपिट हुँदा पाँच जना घाइते भएका छन्। घटना गएराति करिब ११ बजे धनबहादुर लिम्बूको घरमा जन्ती आउनेक्रममा भएको हो।
विवाद चर्किंदै जाँदा एक–अर्कामाथि गरिएको कुटपिटका कारण पाँच जना पुरुष घाइते भएका छन्। उनीहरूलाई टाउको, चिउँडो, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ। घाइते सबैको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले बताएको छ।
उनीहरूलाई तत्काल उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याइएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको जनाएको छ।

कुटपिटमा परेर घाइते हुनेहरूमा—
- युकेश न्यौपाने (१८, कनकाई–३) – चिउँडोमा चोट, अवस्था सामान्य
- मनिष श्रेष्ठ (१८, कनकाई–२) – टाउको, चिउँडो तथा दाहिने हातमा चोट, अवस्था सामान्य
- प्रिन्स ठकुरी (१८, कनकाई–३) – भित्री चोट, अवस्था सामान्य
- आदित्य चिमरिया (१८, कनकाई–३) – टाउकोमा चोट, अवस्था मध्यम
- भीम राई (३४, कनकाई–२) – टाउकोमा चोट

0 comments:
Post a Comment