क्षितिजबाट उदाउदै गरेको प्रतिभा- जमा राई


सधै  एक निश्चित समयमा पुर्वबाट उदाउने त चन्द्र र सुर्य मात्रै हो । प्रतिभा त जुनसुकै समयमा जुनसुकै दिशाबाट उदाउने गर्छ । नत समय निश्चित हुन्छ नत दिशा नै । 
मेरो घरबाट पश्चिम-उत्तरमा एउटा भिरालो परेको गाउँ छ त्यस गाउँको बीचमा एउटा चुम्लुङ पनि छ । सोही गाउको काखमा एउटा नदी छ नदीसङ्ग्गै एउटा शहर छ । शहरको आफ्नै कथा छ आफ्नै ब्यथा छ तर सबै भन्दा सुन्दर उसको इतिहास छ । हो त्यही गाउको टुप्पोतिर उक्लिदै गर्दा बाटोमा एउटा घर छ । हो त्यो घर इतिहासको शहरसङ्गै ईतिहास जोडिएको छ । ताप्लेजुङबाट शहरको सुन्दरता र प्रतापको कारण यहि ठाउँमा रोज्दै बसाइँ सरि आयो । बाटो बाङ्गोटिङ्गो भएर होला सायद गाउको नाम रह्यो बाङ्गिन । यो वाक्य  त झट्ट हेर्नेले भन्ने हो । तर यो गाउको नामको पनि आफ्नै ईतिहास छ ।बाङ्गिन नामाकरण यसरी हुन गएको तथ्य फेला परेको छ। (लिम्बु भाषामा पान हिम - गफगाफ गर्ने घर।) उहिले ईमानसिंह चेम्जोङ लगायत ईतिहास बिदहरूको यस ठाँउमा छलफल ,बैठक गफ गर्ने  यही ठाँउमा एक निश्चित घर पानहिम समेत भएकोले हालमा पानहिम बाट अपभ्रंश भई बाङ्गिन हुन आएको भन्ने गरिन्छ। त्यो घर लिम्बू सम्प्रदायको हो । त्यही बाट उदाउदैछ एउट चम्किलो साहित्य र साहित्यिक व्यक्तित्व । अनि तिनै घरमा दुलही बनेर माझ किरातबाट आएकी हुन उनी अर्थात प्रतिभाशाली कवयित्री । उनको नाम जमा राई अर्थात सुम्निमाकी छोरी हो ।  उनी नेपाली भाषा साहित्यमा मात्रै होइन राई बाम्बुले भाषा साहित्यमा पनि पोख्त छिन । उनको जन्म स्थान - उदयपुर कटारी १४ कुसुम्टार हो  । उनलाई जन्म दिने माता - हिरामाया वाम्बुले राई र पिता  - चन्द्र ब.वाम्बुले राई हुन । उनी बाम्बुले राई भाषामा पोख्त छ्न । हुन त उनी राष्ट्रिय गानका  रचनाकार प्रदिप कुमार राई ( ब्याकुल माइला) कि नातामा भान्जी पर्छिन ।
उनलाई साहित्य के हो र कसरी त्यतातिर मोडिनुभयो भने सोध्दा भन्छिन- आमा जस्तै सुन्दर लाग्छ शब्दहरु ,जसकारण  साहित्यप्रति झुकाव राख्न थाले । मलाई सधै उत्साहित गरिरहनु हुनेमा विशेषगरी आफ्नै जेठी दिदी सिर्जना राई ,वाम्बुले राई भाषा विद्  पुजनिय मामा गणेश वाम्बुले राई , वरिष्ठ साहित्यकार सुरेन्द्र लिम्बु परदेशि ज्यू लगायत अन्य थुप्रै साहित्यका मुर्धन्य,ब्याक्तित्व ज्यूहरुबाट साथमा  आफ्नै भोगाइका शृङ्खलाहरुले पनि प्रेरित छु भन्छिन । उनका दर्जनौ कविता प्रकाशित छन तर गीत लेखन तर्फ चाहिँ लागेको छैन भन्छिन उनी । भविष्यको योजनाको बारेमा उनी भन्छिन - भविष्यको योजना कविता सङ्ग्रह निकाल्न मन छ ,। अरु त समयले जे गराउँदै लान्छ त्यही गर्दै जाने हो । 
उनी उदाउदो साहित्यकार हुन । उनको लेखनमा जति मिठास छ त्यति नै मिठास छ कविता वाचनमा । अनि नै राम्रो छ शिष्टता । कहिलेकाही आफ्नैबाट ठेस पनि लाग्दो हो तर त्यसप्रती उनलाई कुनै पर्वाह छैन । उनी  आफ्नो यात्रामा कति पनि विचलित भएकी छैनन र हुन्नन पनि । 
हुन त जमाका श्रीमान पनि सङ्गीत क्षेत्रमै छन -चन्दन किशोर सुब्बा । सङ्गितका घरमा साहित्य भित्रिदा झनै सुन्दर बन्दोरहेछ । हो जमा नेपाली साहित्यमा उदाउदो चन्द्रमा हुन । उनको यात्राले पुर्णिामा टेक्दा उनले धेरै उचाइ लिइसकेकी हुनेछन । यस्ता उदाउदा चन्द्रलाई प्रोत्साहनको खाचो पक्कै पर्दो हो तर जमा यतिबेला आफै उभिन सक्ने भएकी छन । जमाको साहित्यको यात्रा सफल बन्दै जावोस शुभकामना । 
जमा राईको कविता,
कलम 
तिमीलाई समातेर जीवन लेखुँ कि जगत लेखुँ ?
आफ्नै चित्र कोरुँ कि मेरा भोगाइहरू कोरुँ ?
साँच्चै आयु अटाउने सत्य कोर्न मन छ मलाई 
बाँचुन्जेलको सम्पूर्णता कोर्न मन छ ।
बुद्धि र विवेकलाई घुँडा टेकाउने तिम्रा सामर्थ्य 
दिल र दिमाग लाई झुकाउने तिम्रा वजन 
तिम्रै हात समातेर उडिरहेछन् हवाईजहाजहरू
तिम्रै खुट्टामाथि धर्तीमा गुडिरहेछन् गाडीहरू ।
आज सबैमाथि सवार गर्ने सफल यात्री म
सफलताको शिखरबाट फर्केपछि
केही खुद्रा पैसामा मृत्युले मलाई किन्नु अघि 
एउटा कलम शिरमा सिउरीनु छ तिम्रै नाम बनि । 
शून्यदेखि शून्यसम्मको यो शून्य जीवनलाई 
बीचमा अङ्क जोडीदिने सङ्घर्ष हौ कलम
खुकुरीभन्दा कलम बलियो भन्ने तिम्रो परिभाषा
जिब्रोभन्दा शब्द बलियो कोर्ने तिम्रै रगत ।
शासकहरूलाई सत्ताच्युत गर्दछ कलम 
अपराधीलाई फाँसीमा झुन्ड्याउँछ कलम 
सदनमा संविधान लेख्छ कलम  
कानुनको सत्यता देख्छ कलम ।
अचेल मलाई कलम हुन मन लाग्छ 
हतियारभन्दा शक्तिशाली शब्द लेख्न मन लाग्छ 
शोसक र भ्रष्टाचारीहरूलाई फाँसी दिने 
कठोर फैसला लेख्न मन लाग्छ 
 २५औं वाम्बुले त्वामल्यावा सामाजोलप्वाचो कविताः 
पिलुम्बा

–जमा वाम्बुले राई
मामाआङ फ्याम्तोन्वाङ ज्याक्साख 
पिलुम्बाङाङ फ्याम्तोन स्वाम्फेइसाख् 
रुम्चाम उनु पिलुम्बाया सिचामबेलान्वाम मामा तिनुम
उनुस्या पुर्खातिच्चोन फु¥वाम्पुचाम 
क्वाल चौतारि तिनुम पिलुम्बा
आसेल्वाइ आङाल्चो पुर्खा पित्रिआङ 
अजुम्बरि आःफुतिरन्वाम फुरि तिनुम ।
आःकुडु ग्लुम्साख् पुर्खा तिच्चो
क्र्याम्खो, काकुड्आखो सिम्मेइ ठोपाच्चो 
रुपाच्चो उनुस्या तिनुम
इम्ताखोस्या आस्यालै आलेइचो 
आजिक्चो कुडुन्वाम राडि पिलुम्बास्या तिनुम
उनु आबानुमेइ तिङ कुडुङ छाना
ब्राइसिमेइ थि ह्वाला
आः पित्रिआङ त्वाम ख्राम्मेइ थि ह्वाला 
कुडु खाम्बो फुङजिसो थि ह्वाला
इस्तिमाख पिलुम्बा उनुङ कुचु दिम्साख् 
आचुख्वाइ गामुङाङ सुप्तुलुङ 
चासि उङ्गु आचाम्कु
उनुन्वाङ बृक्साख् डोडिचाम आब्वाकु
च्याङ्माखा उनुस तिनुम पिलुम्बा
चार चौरास हिम्कुमेइ ब्अिसि
चारधाम उनन्वास्या गिम्साख्
ह्वाम्बा आम–ह्वाम्बा क्याम्चाम 
थामेति डुङ्गा उनन्वास्या क्याम्चो तिकुम
गाथ्ठो, ह्यात्थो थामस्याल ति ल्वासै 
सुइसै ब्लाक्चो ¥वाम्चा पिलुम्बा उनुन्वास्या तिकुम
उनुङ सत्य ड्वाम्चो कुडु आसेल्वाइ रिचाम आदुम्कान पिलुम्बा 
मामा पापा सट्ठै पासि आजोसिमेइस्याङ 
उनु पिलुम्बा सटठै पासि आजोसिकान 
उनुन्वाङ भानाम ग्ल्वाकु ब्रिङ्कुन्वा 
हाम्सि आदोंतिकान
उनुङ पुखामन्वाङ भाना ल्वासि आदोंतिकान 
लिब्जु भुम्जुन्वाङ या गाठ्ठो चोमोलुङ्मास्याँ 
ब्लान्डिन्चो इक पिलुम्बा ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment