झापामा एक वृद्धसहित दुई जनाको शव फेला

२०८२ चैत्र ९ गते , सोमबार


झापा । कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र कमल गाउँपालिका–२ क्याम्पा निवासी ७२ वर्षीय लालबहादुर तामाङ स्याङ्बोको झुण्डिएको अवस्थामा शव फेला परेको हो 

मृतक आङ्देम्बेका श्रीमान अम्बर थापा पनि सोही सैनिक कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment