- गोविन्द पौडेल |
रोङ, १८ चैत
इलामको रोङ गाउँपालिकामा जंगलजनावरको आक्रमण बढ्दै जाँदा स्थानीय किसान त्रसित बनेका छन्। बालीनालीमा बँदेल र बाँदरको हैरानी झेलिरहेका किसानहरू अहिले पशु चौपायामा समेत क्षति भोग्न बाध्य भएका छन्।
गत १३ चैतमा रोङ गाउँपालिका–रम्भ्याङका किसान सुवास राईले चरनका लागि पठाएका २२ वटा बाख्रामध्ये १४ वटा बाख्रा जङ्गली जनावरको आक्रमणमा परेका छन्। चरनबाट ८ वटा मात्रै बाख्रा फर्किएपछि खोजी गर्दा ७ वटा बाख्रा मरेको अवस्थामा फेला परेका थिए भने तीमध्ये केही आधा खाइएका थिए। बाँकी ७ वटा बाख्रा भने हालसम्म बेपत्ता रहेका छन्।
प्रहरी चौकी सलकपुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएसँगै अनुसन्धान भइरहेको छ। यस्तै, केही दिनअघि मात्रै रोङ–६ सलकपुरका अर्का एक किसानका दुईवटा माउ बाख्रा पनि गोठमै मारिएको घटना सार्वजनिक भएको थियो।
स्थानीयका अनुसार जंगल नजिकका बस्तीमा जङ्गली जनावरको आवतजावत बढेसँगै किसानको जनजीवन जोखिममा परेको छ। उनीहरूले सम्बन्धित निकायसँग तत्काल सुरक्षा तथा क्षतिपूर्ति व्यवस्थाको माग गरेका छन्।

.jpg)
0 comments:
Post a Comment