मोरङको रंगेलीमा एउटै रुखमा युवासहित बेलबारीको ललिताको शव भेटियो

  चैत्र २०७९


पथरीशनिश्चरे, मोरङको रंगेलीमा एउटै रुखमा युवा–युवतीको शव फेला परेको छ । मोरङको रंगेली नगरपालिका–२ खोरिया टोलस्थित एउटा कृषि फार्मको लिची बगानको रुखमा युवा–युवतीको शव भेटिएको हो ।
प्रहरीका अनुसार रुखमा सँगै झुण्डिएको अवस्थामा शव फेला परेको छ । लिचीको रूखको एउटै हागामा झुन्डिएको अवस्थामा रंगेली–२ का अन्दाजी १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका–२ की अन्दाजी १८ वर्षीया ललिता उरावको शव फेला परेको छ ।


जनक कार्कीले सञ्चालन गरेको ईश्वरी कृषि फार्मभित्र रहेको लिची बगानको एउटै हाँगोमा पासो लगाएर झुन्डिएको भेटिएको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीयले देखेपछि दिउँसो १२ः५० बजेतिर प्रहरी चौकी बबियाविर्तालाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का नेतृत्वको टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार सञ्जयको घर लिची बगाननजिक छ । बेलबारी–२ की ललिता र उनी प्रेममा थिए । बिहे गर्ने पारिवारिक सहमति भएपछि ललिता सञ्जयकै घरमा बस्दै आएकी थिइन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment