बेलबारीकी ललिमायाको ईजरायलमा अमानवीय व्यवहारले निधन

 २२ चैत्र २०७९, बुधबार


पथरीशनिश्चरे, मोरङको बेलबारी नगरपालिका वाड नम्बर ८ की ललीमाया तामाङको इजरायलमा घरमालिकको अमानवीय व्यवहारको कारण मृत्यु भएको छ ।
मुना तामाङ नामकी एजेन्ट मार्फत ईजरायल पुगेकी तामाङको निधन भएको हो।
इजरायलमा घरमालिकको यातना सहन नसकेपछि उनले पटक पटक नेपाल फर्काउन एजेन्टलाई आग्रह गरेकी थिइन । तर, एजेन्टले ८ लाख रुपैया दिएमात्र फर्काउने भनेपछि उनले नेपालको एक टेलिभिजनमा भिडियो कलमार्फत आफनो पिडा समेत सुनाएकी थिईन ।
उनलाई नेपाल फर्काउन केही अभियन्ताहरुले पहल गरिरहकै बेला निधन भएको खबर प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment