२० चैत्र २०७९, सोमबार
काठमाडौं । नेपाली महिलाको व्यवस्थित खरिदबिक्री हुन्छ –इराकमा । रोजगारीका लागि इराक जान सरकारले रोक लगाएको छ । तर नेपाली दलालहरुले नेपाली महिलालाई इराक पुर्याउँछन् र प्रति महिला ६ हजार डलर लिएर अर्को एजेन्टलाई बिक्री गरिदिन्छन् । नेपाली चेली किनेपछि ती एजेन्टले विभिन्न ठाउँमा काममा पठाउँछन् ।
त्यस्ता कार्य स्थलमा चेलीहरुसँग पशुवत व्यवहार हुन्छ । कुटपिटको सिकार हुन्छन् । बिरामी हुँदा उपचार पाउँदैनन् । नेपाल फर्किन्छु भन्दा फर्किन पाउँदैनन् । एजेन्टसँग कुरा गर्दा उनले भन्छन् – छ हजारमा किनेको हुँ, फिर्ता चाहिए त्यो पैसा दिनू। ’ यो विषय तथ्यसहित प्रस्तुत गर्दैछौं, रिपोर्ट प्रस्तुत अघि भन्न चाहन्छौं, स्थिति यहाँसम्म पुग्दा पनि यो देशको सरकारलाई आफ्ना नागरिकको कुनै चिन्ता चाहिँ छैन ।
नेपाली चेलीहरुलाई इराकमा लगेर पशु सरह बेच्ने गिरोह सक्रिय रहेको पाइएको छ । सरकारले रोजगारीका लागि इराकमा जान रोक लगाएको छ । तर मानव तस्करहरुले नेपालीहरुलाई समेत इराक पुर्याउने गर्दै आएका छन् ।
रोजागरीको आकर्षक प्रलोभन देखाएर दलालहरुको नेपाली चेलीहरुलाई इराक पु-याउने गर्छन् । नेपाली महिलाहरुलाई आफूले किनेरै राखेको जवाफ त्यँहा रहेका एक बंगलादेशी एजेन्ट राकेशले दिएका छन् ।
नेपाली एजेन्ट हुँदै बंगलादेशीको हातमा परेकी मोरङ उर्लाबारीकी मिना धिमाल अहिले समस्यामा छिन् । कार्यक्रम सिधा कुरा जनतासँगको ९७०औं श्रृङखलामा मिनाले इराकमा आफू बिरामी भएको र विरामी हुँदा उपचारको सट्टा साहुको यातना दिएको भन्दै नेपाल फर्काइदिन बिलौना गरेकी थिइन ।
उनको श्रीमान पनि रोजगारीको सिलसीलामा दुवईमा छन । नेपालमा साना तीनवटा छोरी बाहेक उद्धारका लागि पहल गरिदिने आफन्त छैनन । उनको पछिल्लो पटक पेटको शल्यक्रिया गरिएको थियो ।
४ घण्टा काम गर्नु पर्ने बाध्यता भएपछि विराम झनै बल्झिएको छ । कम्पनीमा काम गर्न नसकेपछि उनले नेपाल फर्काइदिन आग्रह गरेकि छिन । आफूमाथि हुने गरेको शारीरिक यातनाबारे पनि उनले पीडा पोखेकी छिन् ।
मिनाको समस्यापछि हामीले नेपाल र इराकका एजेण्टसँग कुराकानी गरेका छौँ । नेपालबाट मिनालाई हरी सुनार र मुना सुनारले इराक पठाएका थिए । इराकमा मुनालाई बिचल्ली बनाएर अहिले उनीहरु सम्पर्क विहिन भएका छिन ।
हामीलाई प्राप्त नम्बरमा फोन गर्दा पनि उनीहरुको नम्बरमा सम्पर्क स्थापित हुन सकेन । यद्यपी हामीले इराकमा रहेकी सविना तामाङ नामक यी एजेन्टसँग कुराकानी गरेका छौँ । सविनाले ६ हजार डलरमा मिनालाई बेचेकी थिईन । हामीसँगको कुराकानीमा सविनाले एक हप्ता भित्र नेपाल फर्काउने प्रतिबद्धता जनाएकी छिन ।
मिना त एक प्रतिनिधि पात्र मात्रै हुन । नेपाली चेलीहरुलाई सरकारले स्वीकृति नदिएको मुलुकमा पठाउने यस्ता घटनाहरु बढ्दै गएका छन् ।

न्युज २४ नेपालबाट साभार गरिएकाे
0 comments:
Post a Comment