राष्ट्रिय गानबारे ओलीको आपत्तिजनक अभिव्यक्ति, के ओली राजावादी नै हुन् ?

२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । गणतन्त्रपछि मुलुकमा नयाँ राष्ट्रिय गान बनाइयो । त्यो भन्दा पहिले राजाको भक्तिगान सहितको राष्ट्रिय गानलाई फेर्दै खुला प्रतिष्पर्धाबाट छनोट गरी राष्ट्रिय गान बनाइएको थियो । तर नयाँ राष्ट्रिय गान बनाइएको १६ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे गम्भीर अभिब्यक्ति दिएका छन् । राष्ट्रिय गानको धूनमा आक्रोश पोखेका ओलीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ ।


मुलुकको दोश्रो ठूलो पार्टी एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय गानको धुनलाई ‘प्याँप्याँ’ किन राखेको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका छन् । राष्ट्रिय गान शब्दबाट शुरु हुने र शब्दबाटै अन्त्य हुने दाबी गरेका ओलीले यस्तो किन हुनुपर्छ भन्ने विषयलाई भने प्रष्ट्याएका छैनन् । भारत र स्वीडेनबाहेक चीन, अमेरिका, रुस, दक्षिण कोरिया, जापान लगायतका मुलुकको राष्ट्रिय गानहरु पनि म्युजिकबाट शुरु हुने गरि तयार पारिएका छन् । तर, राष्ट्रिय गान अन्य राष्ट्रको परम्परा के छ ?
ती राष्ट्रिहरुको विषय के हो भन्ने विषयलाई केन्द्रमा राखेर काम गर्ने कुरा पनि होइन । सार्वभौमिकता र सार्वभौमसत्ता सबै मुलुकको बराबर नै हुने हो । राष्ट्रिय गानको छनोट र यसको औचित्यतामाथि राष्ट्रले नै स्वीकार गरिसकेको विषय पनि हो । राष्ट्रिय गान सबैको साझा सम्पत्ति हो । यसको विरोध गर्ने र आपत्तिजनक शब्दको प्रयोग गर्ने विषय आफैमा लज्जाको विषय हो ।
राष्ट्रिय गान अगाडि ‘प्याँ प्याँ प्याँ प्याँ पारेर धुन बजाएको ओलीको टिप्पणी छ । ‘सयौं थुंगा फुलका हामी भन्नु भन्दा अगाडिको धुन राष्ट्रिय गानवाला धुनबाट हटाइनुपर्ने ओलीको भनाई छ ।
एमाले अध्यक्ष ओलीले राष्ट्रिय गानमाथि भद्दा टिप्पणी किन गरेर राष्ट्रको आत्मसम्मानमाथि चोट पु¥याएका छन् । ओलीमाथि पछिल्लो समय अन्य विभिन्न आरोप पनि लाग्न थालेका छन् । ओलीकै आग्रहमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेचीपुलमा बोलाएको हालै एमाले छाडेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईँले खुलासा गरेका छन् ।
ओलीले संवैधानिक राजतन्त्रको स्थापना र धर्मनिरपेक्षताबारे आफूलाई मिहिन ढंगले काम गर्न अह्राएको दाबी समेत प्रसाईँले गरेका छन् । प्रसाईँलाई ओलीले नै एमाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । प्रसाईँले मात्रै नभएर उनकै पूर्वसहकर्मीहरु माधव नेपाल, पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायतले पनि ओलीलाई राजावादीको आरोप लगाउदै आएका छन् । यसको स्वतन्त्र पुष्टी नभएपनि ओलीले राष्ट्रिय गानबारे दिएको अभिव्यक्ति र उनीमाथि लाग्ने गरेका आरोपबारे खोजविन शुरु भएको छ ।
न्युज २४ बाट साभार गरीएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment