- गोबिन्द पौडेल
रोङ गाउपालिकाले गत चैत्रमा सबै वडाहरुमा स्वास्थ्य कर्मीहरु, महिला स्वास्थ्य स्वयंसेबिकाहरु जनप्रतिनिधिहरुको समिति निमार्णगरि घर धुरी सर्भेक्षण गरि खोज अभियान संचालन गरि छुटेका बच्चाहरुलाइ बैशाख १५ र बैशाख ३१ गते खोप लगाइएको खोपकार्ड नभएका बच्चाहरुको लागि खोपकार्ड बितरण समेत गरेको थियो । खोप लगाइ सकेपछि पालिका स्तरिय खोप समन्वय समितिले प्रतेक वडाको पन्ध्र पन्ध्र घर धुरी सभेक्षण गरि सबै बच्चाहरुले खोप लगाएको एकिन भएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा हुदा रोङको सबै वडाहरु पूर्ण खोप युक्त वडा घोषण भइसकेकोले आगामी असार १९ गते रोङ गाउपालिका पूर्ण खोप गाउपालिका दिगोपना सुनिश्चि हुन लागेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले बताए
वल मृत्युदर र अपाङता घटाउन नेपालमा २०३४ सालवाट बिस्तारित खोप शुरुआत गरिउको थियो भने बि सं २०२१ सम्म पूर्ण खोप सुनिश्चितता र दिगोपन भएको देश बनाउने लक्ष्य अनुसार सोह् हजार भन्दा बढी खोपकेन्द्रहरुवाट नियमित खोप सेवा दिइने गरेको छ । मुलुक संघिय संरचनामा गएपछि स्वास्थ्य सेवामा थप बिकेन्द्रिकृत बनेर निशुल्क स्वास्थ्य सेवा लिनेहरुको संख्या बढीरहेको छ । सेवाको बिस्तारवाट मानव बिकाश सुचकाङ्क बृद्धि भइ सरकारले आवलम्वन गरेको सहस्रबिध बिकाहका ेलक्ष्यमा सघाउ पुगेर बिकाशको गतिमा फड्को मार्ने छ ,जनसांंखिक सभेक्षण २०११ अनुसार करिव ७८ प्रतिसत बच्चाहरुमा पूर्ण खोप पाएका छन् भने ३ प्रतिसतले कुनै खोप नपाएको तथ्याङ रहेको छ ।
0 comments:
Post a Comment