मनाङ एयरको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त, ५ जनाकाे शव भेटियाे

२६ असार २०८०, मंगलवार


काठमाडौं । सम्पर्कविहीन अवस्थामा रहेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि आज बिहान १० बजे उडेको मनाङ एयरको नाइन एन– एएमभी कलसाइन भएको हेलिकप्टर दुर्गनाग्रस्त अवस्थामा भेटिएको हो ।
सोलुखुम्बुकै लाम्जुरापास क्षेत्रमा पुग्दा हेलिकप्टर सम्पर्कविहीन भएको थियो । सोही क्षेत्रमा दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी नेपाल प्रहरीले दिएको छ ।
हेलिकप्टरमा ५ जना विदेशी यात्रु र एकजना नेपाली चालक रहेका थिए । दुर्घटनास्थलमा ५ वटा शव भेटिएको तर उनीहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा सवार ५ जना मेक्सिकन नागरिक रहेको मनाङ एयरले पुष्टि गरेको छ । १ जना पाइलट भने नेपाली नागरिक थिए । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान करिब १० बजेर १२ मिनेटमा उडेको हेलिकप्टर केहीबेरमै सम्पर्कविहीन भएको थियो ।
हेलिकप्टरको खोजीमा नेपाल प्रहरीका साथै अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको थियो । खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment