इलामको ठुलो टुडिखेलमा आधुनिक रंगशाला निर्माण हुने

मंगलबार, असार २६ २०८०


इलाम । नेपाली सेनाको स्वामित्वमा रहेको इलामको ठुलो टुडिखेलमा आधुनिक रंगशाला निर्माणका लागि डिपिआर निर्माणको काम सम्पन्न भएको छ । इलाम सदरमुकाम स्थित ठूलो टुडिखेललाई आधुनिक रंगशालाको रुपमा निर्माण गर्ने योजनाका साथ डिपिआरको काम सम्पन्न भएको हो ।
इलाम नगरपालिकाको तर्फबाट नगर प्रमुख केदार थापा र नेपाली सेना बिच भएको समझदारी बमोजिम इन्जिनियर सुरेशकुमार नेम्वाङ्गको प्राविधिक सल्लाह अनुसार डिपिआरको काम भएको थियो । टुडिखेल निर्माणको डिपिआर जर्सा ईन्जिनियरीङ्ग कन्सल्टेन्सी काठमाडौद्वारा तयार गरेको छ । निर्माण भएको डिपिआर बमोजिम संघिय बजेट मार्फत आगामी आ व २०८०र८१ बाट आधुनिक रङ्गशाला निर्माणको काम हुने इलाम नगर प्रमुख केदार थापाले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment