इलामको पाथिभरामा ब्यवस्थित टहरो

  • गोबिन्द पौडेल 

रोङ २६ असारः रोङमा रहेको पाथिभरा मन्दिर परिसरमा ब्यवस्थित टहरो निर्माण गरिएको छ । आस्थाको केन्द्र रहेको  पाथिभरामा टहरो निर्माणपछि मन्दिर परिसर आकर्षक र ब्यवस्थित बन्नुको साथै मन्दिर परिसरमा ब्यापर र आगन्तुक भक्तजनहरुमा सहजता  बनेको छ ।
४८ वटा ब्यवस्थित टहरो निर्माण र मन्दिर परिसर सजावटको लागि  ६८ लाख ४२ हजार छ सय रुपैया खर्च गरिएको थियो । चालु बर्षमा कोशी  प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयको  चालिस लाख रोङ गाउपालिकाको  बीसलाख उपभोक्ताहरुवाट छ लाख बार हजार पाचसय नगद सहित दुईलाख तिसहजार एक सय रुपैयाको लागतमा अढचालिस वटा ब्यवसायिक टहरो बिद्धुत जडान,हासपोखरी कुटिडाडा क्षेत्रमा दुवोरोपण  ईलामको प्रबेशद्वार जोरकलस,कुटिडाडा,हासपोखरी हर्कटे जस्ता मेचि राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूलरोपण कार्य गरि पाथिभरा  परिसलाई सुन्दरीकरण गरि आकर्षक बनाउने प्रयत्न गरिएको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताए । 
मन्दिरमा दिनहु आउने भक्तजनहरुमा धार्मिक आस्था त छदैछ मेची राजमार्गमा यात्रा गर्ने यात्रु र मनोरन्जन पर्टकहरुको लागि पनि सुन्दरीकरणले केहि समय खर्चने र थप पर्यटक भित्राउन सकिने हुदा गर रोङको कारोवार बढ्ने प्रचुर सभावना रहेको रोङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया भुजेलको भनाई रहेको छ ।
रोङ ३ मा रहेको पाथिभरा मन्दिर परिसरमा माता पाथिभरा साना पर्टन ब्यवसायि सस्था स्थापना गरि ब्यवसाय गर्दै आएका छन ।उनिहरुले मन्दिरमा आउने भक्तजनहरुको लागि पुजा सामाग्री लगायतको सेवा प्रदान गर्ने गरेका हालसम्म ४७ र एक चटपटे ब्यवसायि आवद्ध रहेको ब्यवसायी दिनेस निरौलाले बताए । सस्थामा आवद्ध ब्यवसायि ,टोल बिकास सस्था र स्थानिय बासिहरुले मन्दिर परिसरलाई ब्यवस्थित गर्न  सरसफाई र ब्यवस्थापन लगायतका काममा नियमित रुपमा लागि परेको छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment