इलाम चुलाचुलीका सवै वडामा कालेपत्रे सडक


बाह्रगोठे ( चुलाचुली ) १० भदाैँः  पुर्व पश्चिम लोकमार्गको करिव पाँचसय मिटर माथि रहेको दक्षिणी इलामको चुलाचुली गाउँमा पुर्वाधार विकासले फड्को मार्न शुरु गरेको छ । झापाको दमक र केर्खा जोड्ने सडक पुर्वाधार सँगै वडाका पर्यटकीय केन्द्र जोड्ने सडक धमाधम कालोपत्रे निर्माण भएको छ । भविश्यमा चुलाचुलीको माथिल्लो भेग भएर जाने निर्माणाधिन मदन भण्डारी राजमार्गमा समेत जोड्ने लक्षका साथ गाउँपालिका पाँच वडामा करिव १५ किलोमिटर सडक कालोपत्रे भइसकेको वडा दुइका वडाध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिएका छन् । 
गाउँपालिकाले आन्तरिक श्रोतका अलावा राष्ट्रिय योजना आयोगको समपुरक कोष, संघीय सरकार र प्रदेश सरकारको सहयोगमा ती सडक निर्माण सम्पन्न गरेको हो । वडानम्बर १ मा एक किलोमिटर, दुइमा सात सय मीटर, तीनमा डेढ कीलोमिटर, चारमा तीन सय मीटर पाँचमा डेढ किलोमिटर सडक गत आर्थिकमा कालोपत्रे गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । हिमालीमार्ग अन्तर्गत वडा दुइमा निरन्तर सडक कालोपत्रे भइरहेको छ । 
वडाध्यक्ष श्रेष्ठका अनुसार  गत आर्थिक वर्षमा ६० लाख लागतमा कालोपत्रे सडक निर्माण भएको हो । बाह्रगोेठे हुदै, तीन नम्बर वडा कार्यालय र तीनकुने सीमसार क्षेत्रलाई उक्त कालोपत्रे सडकले जोडेको छ ।  चालु आवमा हिमालीमार्ग सडक कालोपत्रे थप गर्न  ९७ लाख ५० हजार बजेट विनियोजन भएको छ । 
सडक कालोपत्रे भएपछि स्थानीयबासीलाई अस्पताल, विद्यालयजान सजिलो भएको स्थानीय प्रदीप फूएलले बताए । वडा सदस्य हर्क लिम्बुले तीनकुने पोखरीमा पर्यटक आवतजावत गर्न सडकले सघाउ पुर्याएको जानकारी दिए । 
वडा पाँचका वडाध्यक्ष बविन राईले २०७९ को स्थातीय निर्वाचन पछि बनेको गाउँ सरकारको पहिलो प्राथमिकता सडक पुर्वाधार रहेको बताए । चुलाचुलीबासीले कालोपत्रे सडक हेर्न झापाजानु पर्दथ्यो , पछिल्लो पटक हामीले त्यसलाई अन्त्य गर्दै कालोपत्रे सडक विकास गरिएको उनले जानकारी दिए । वडा पाँचकै कोलडाँडा शिखरकटेरी सडक, चपेटी रत्नचोक सडक खण्ड पनि कालोपत्रे भइसकेको छ । 
वडा तीनमा गाउँपालिका भवन देखि मिलनचोक जाने सडक कालोपत्रे निर्माण सम्पन्न भएको छ । किराँतेश्वर विद्यालय जाने सडक कालोपत्र भएको छ । वडा एकमा किराँत माङहिम बागद्वार सडक कालोपत्र निर्माण भएको उनले जानकारी दिए । गाउँमा रहेका सवै मुख्यमुख्य सडक कालोपत्रे गरेर गाउँका जनतालाई सुविधा सम्पन्न सडकमा आवतजावत गर्न सजिलो बनाउने गाउँपालिकाको उदेश्य रहेको वडाध्यक्ष राईले बताए । झापामा रहेको पुर्व पश्चिम राजमार्ग र चुलाचुलीको माथिल्लो क्षेत्रमा निर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई जोड्ने उत्तर दक्षिण सडक निर्माणलाई प्राथमिकता दिइएको उनको भनाई छ । 
चुलाचुली गाउँपालिकाको विकट मानिएको साकफारा क्षेत्रमा समेत कालोपत्र सडक निर्माणका लागि ठेक्का बन्दोबस्ती भएको गाउँपालिकाले जानकारी दिएको छ । वडा ६ को संगमचोकदेखि मीक्लाचुड.( खुँडी) सम्म डेढ किलोमिटर सडक चालु वर्षमा नै कालोपत्रे हुने बताइएको छ । करिव दुइ करोड १० लाखमा सडक कालोपत्रनिर्माणका लागि ठेक्का सम्झौता भएको हो । यहाँ रहेको खुँडी पर्यटन क्षेत्रमा सडक कालोपत्र निर्माण भएपछि गाउँपालिकाका सवै ६ वडामा कालोपत्र सडक निर्माण हुने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment