इलामको ठुलो टुँडिखेलमा आजबाट झापा र इलामको टी–ट्वान्टी सिरिज


इलाम, १ भदौँः  जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना  र इलाम क्रीकेट एकाडेमिको ब्यबस्थापनमा आज शुक्रवार देखि लगातार ३ दिन ३ वटा टी–ट्वान्टी क्रीकेट खेल सञ्चालन हुने  भएको छ ।  खेलमा इलाम क्रिकेट एकाडेमि टिमले झापाको बोस्टन क्रिकेट एकाडेमी विच हुने इलाम जिल्ला क्रिकेट सङ्घका सचिब महेश राईले बताए । 
खेल मार्फत पर्यटन प्रबर्दन गर्दै बिशेषगरी इलाम नगरीको प्रर्यटनलाई पनि टेवा पुगोस भनेर जिल्ला क्रिकेट सङ्घ इलामले नियमित रुपमा यस्ता किसिमका प्रतियोगिताहरु गर्दै आइरहेको छ।
यस  किसिमका  क्रिकेट खेलले इलामे खेलाडीहरुलाइ लयमा राखि रहने,  नयाँनयाँ प्रतिभाहरुको पहिचानमा मदत पुग्ने तथा खेलाडिहरुलाइ म्याच एक्स्पोजरको मौका प्रदान गर्ने सचिब महेश राईले बताए । 
इलाम टीम 
१.प्रज्वल खत्री (कप्तान)
२.दिपेश कूवर
३.प्रकाश खत्री
४.दिपेन राई
५. रोशन बोहोरा
६.बिमल भुजेल
७.पवन सुवेदि
८.सुशान्त सापकोटा
९.सगुन खत्री
१०.दिवश खड्का
११.एलिस खत्री
१२.पुकार खड्का
१३.सुदिप तामाङ्ग
१४.विदुर पोख्रेल
१५.प्रमिश पोख्रेल
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment