इलाम, ४ भदाैँ : इलामको फाकफोकथुम भएर माङ्सेबुङ्ग गाउँपालिका हुँदै झापा जोड्ने राँके गैँडे सडक निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाले समस्या भोगिरहेका छन । लामो समय सम्म चर्चामा रहेको उक्त सडक शिलान्यास गरेर पनि निर्माणले गति स्थानीयले समस्या भोगिरहेका हुन ।
५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा सडक अलपत्र परेको हो । राँके गैँडे सडकमा पर्ने देउराली फलाँटे गजुरमुखी इभाङ्ग सडक खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गर्ने गरी काम थालिए पनि निर्माणले तीव्रता पाउन नसके पछि सडक बन्दैन कि भन्ने पिरमा स्थानीयमा छ ।
६८ करोडमा निर्माण सम्पन्न हुने उक्त सडक दुई प्याकेजमा ठेक्का सम्झौता भई काम सुरु भए पनि सडक निर्माणले तीव्रता पाउन सकेको छैन । ठेक्का लागिसकेको सडक निर्माणमा ढिलाइ हुँदा त्यस क्षेत्रका बासिन्दा बर्खाको समयमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । सडक निर्माणको सुस्थता सँगै उक्त सडक खण्डमा पर्ने खोलामा पुल नबन्दा झनै ठुलो समस्या रहेको छ । उक्त सडक खण्ड अन्तर्गत देउमाई खालामा पुल निर्माणको लागि डिपिआर निर्माण भए पनि काम अघि बढ्न सकेको छैन ।

खोलामा पुल नभएको कारण बर्खामा यातायात आवत जावतमा समस्या हुने गरेको छ । सडक निर्माणपछि कृषि क्षेत्रको विकाससँगै स्थानीय उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने भएता पनि निर्माण नै अलपत्र बनेको कारण सडक नै पो नबन्ने हो कि भन्ने चिन्तामा स्थानीय छन् । सडक बन्छ कि भन्ने आशामा हिउँदको समयमा धुलो र बर्खामा हिलोको समस्या वर्षैदेखि बिताइरहेका छन् ।
हिउँदमा बाटो पनि ओभानु हुने र खोला पनि सानो हुने हुँदा यात्रा सहज भए पनि बर्खाको समयमा आवत जावतमा समस्या हुने गरेको स्थानीय पञ्च योङहाङ बताउँछन् । खोलामा पुल नभएको र आवत जावतमा समस्या भएपछि फाकफोकथुम गाउँपालिकाले कल वट लगाएर केही सहज बनाए पनि बर्खाको समयमा त्यसले पनि नथाम्ने उनको भनाई छ । कलवटबाट हिउँदको समयमा यात्रा गर्न सहज भए पनि वर्षाको समयमा खोला कल वट माथि सम्म भरिने भएको हुँदा यातायातमा समस्या आउने गरेको हो । यस क्षेत्रका कुनै पनि खोलामा पक्की पुल नहुँदा जोखिम मोलेर आवत जावत गर्नुपर्ने हुन्छ ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले गाउँपालिका भित्र निर्माण सुरु भएका आयोजनालाई छिटो काम गर्न गाउँपालिकाले पहल गरिरहेको बताए । उनले पालिका भित्र सञ्चालनमा रहेका बहुवर्षे आयोजनालाई छिटो सम्पन्न र गुणस्तरीय कामका लागि निरन्तर लागिरहेको बताए ।
राँके गैँडे सडक निर्माणको ठेक्का लिएका सन्तोष कटुवाल २६ किलोमिटरको ठेक्का ७० करोडको हाराहारी लागे पनि वार्षिक रूपमा पाँच देखि सात करोड सम्म बजेट विनियोजन हुने र यस वर्ष त चार करोड विनियोजन भएको छ भन्दै अव अरू कति वर्ष यो ठेक्का रुँगेर बस्नु पर्ने हो टुङ्गो नभएको बताउँछन् । सडक निर्माणले गति लिन नसकेपछि त्यहाँको उत्पादन बजार सम्म पु¥याउन र बजारबाट सामान ल्याउन समस्या हुने गरेको स्थानीयको भनाइ छ ।
यस क्षेत्रमा मङ्गलवारे, एकतप्पा, आमचोक फुएतप्पा हुँदै पाँचथरको रवि सम्मको सडक र उक्त सडकमा र राँके गैँडे सडक निर्माण प्रक्रिया सुरु भए पनि अहिले सम्म सडक निर्माण तीव्र रूपमा सञ्चालन हुन सकेको छैन । सडक निर्माण नहुँदा यस क्षेत्रमा उत्पादन भएका कृषि जन्य वस्तुले बजार पाउन त सकेको छैन नै यहाँका बासिन्दा औषधी उपचारका लागि समयमा अस्पताल सम्म पुग्नबाट वञ्चित छन् ।

0 comments:
Post a Comment