इलाम, १३ भदौँः एसिया कपको उद्घाटन खेल नेपाल र पाकिस्तान विच पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार अहिले ३ः१५ मा शुरु हुँदै छ । केही समय अघि भएको टसमा पाकिस्तानले नेपाल विरुद्ध व्याटीङ गर्ने फैसला गरेको छ ।
एकदिवस्य रेङ्कीङमा नम्बर वनमा रहेको पाकिस्तान विरुद्ध नेपालले निक्कै मुस्किलको सामना गर्नु पर्ने देखिन्छ ।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।
पाकिस्तानकोे प्लेइङ–११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
0 comments:
Post a Comment