पार्टी र जनताले बिश्वास गरे इलाम-२ मा उम्मेद्वार बन्न तयारी छु: आर्किटेक्ट इन्जिनियर महेन्द्र थापा


 इलाम क्षेत्र नं. २ मा उप निर्वाचनको सर्गर्मी बढेको छ।विभिन्न पार्टीले उम्मेद्वार कस्लाई बनाउने भनेर केन्द्रमा लविङ शुरु गर्न थालेका छन् ।

संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको असमायिक निधन पछि उक्त क्षेत्रमा उप निर्वाचनको लागि एमालेबाट झलनाथ खनाल र कांग्रेसबाट डम्बर खड्काको नाम चर्चामा आएकै बेला रास्वपाले भने कस्लाई उम्मेद्वार बनाउला भनेर सर्वत्र चासो छ। पार्टी स्थापनाको छोटो समयमा अाम नागरिकलाई बिस्वासमा लिएर अगाडि बढेको रास्वपाले इलाम -२ मा बाजि मार्ने गरिको तयारीमा लाग्ने बताएको छ ।


रास्वपाको उम्मेदवार छनौट अरु पाटीमा जस्तो महिनौ अगाडिबाट नेता घर र पार्टी कार्यालय धाउनु पर्दैन क्षेत्र नम्बर २ का पार्टी सदस्यले अावश्यक ठानेर बिस्वास गरे प्राइमरी चुनावबाट (अान्तरिक चुनाव)उम्मेदवार छनौट हुने केन्द्रीय प्रबक्ता मुकुल ढकालले बताए । उप निर्वाचनमा पार्टीले आवस्यक ठानेर टिकट दिएमा फोकफोकथुमका पुराना बासिन्दा आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाले उम्मेदवार बन्ने संकेत गरेका छन् ।

थापा भन्नुहुन्छ "हाम्रो पार्टी बिधि र पद्वतिमा चल्ने भएकोले सोहि अनुसार पार्टीमा आवद्व सदस्यले योग्यता, क्षमता र चाहाना अनुसार कुनै पनि पदमा उम्मेद्वार बन्नका लागि आबेदन गर्न सक्ने ब्यवस्था रहेको छ। त्यसका लागि पार्टीले निर्धारण गरेको आन्तरिक प्राईमेरी ईलेक्सनमा भाग लिनु पर्छ। छनौट प्रकृयामा परेमा पार्टिले उपयुक्त र सक्षम ब्यक्तिलाई उम्मेद्वार बनाउने निर्णय गर्ने हुँदा अहिले नै म नै पार्टीको आधिकारिक उम्मेद्वार हुँ भन्ने धारणा होईन ।यद्वपि म समेत ८ पुस्ता ईलामको क्षेत्र न २ को फाकफोकथुम गाउँपालिकामा बसेको र आफु त्यहिं जन्मेर इलामको आदर्श माविबाट एस एल सि पास गरेका हुँदा इलामको भुगोल, चाहाना, हावापानी, जनता, चुनौती र सम्भावना समेतको मलाइ राम्रो ज्ञान छ। आफु पनि ईन्जिनियरिङ फिल्डकै ब्यक्ति भएकोले यदि पार्टि, नेतृत्व पंक्ती र ईलाम क्षेत्र नम्बर -२ का नागरिकले बिश्वास गरेमा जन्मभुमिको लागि केहि गर्ने सोच भने पक्कै रहेको छ। तथापी पार्टिको बिधि पद्वती र पार्टि नेतृतवल गर्ने निर्णय मेरा लागि शिरोधार्य हुनेछ"

नेकपा एमालेले स्व.सुवास नेम्वाङका छोरा सुवाङ्ग नेम्वाङलाई बावुकाे स्थानमा उम्मेद्वारी दिन सक्ने हल्ला चलिरहेको बेला नेकपा समाजबादीले कोशी प्रदेश सरकार गठनमा एमालेलाई सहयोग गर्ने र पार्टी एकताको विषयलाई सहज बनाउन पुर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई उम्मेद्वार बनाउने संभावना बलियो रहेको एमाले स्रोतले बताएको छ । गत निर्वाचनमा स्वर्गीय नेम्वाङ संग झिनो मतले पराजित खड्का पनि ससक्त उम्मेद्वारको रुपमा देखीएका छन् ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्तिले रास्वपालाई नजिकबाट हेरीरहेको बेला बौदिक ब्यक्तित्व समाजसेवी, आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम चर्चामा आएको छ । पछिल्लो समय रास्वपाको बढ्दो लोक प्रियताको कारण इलाम २ मा त्रिपक्ष भिडन्त हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment