बहुउद्धेश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउत बिहीबार अपराह्न एक होटलमा मृत फेला परेको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार प्रहरीले राति साढे ९ बजे ती महिलालाई नियन्त्रणमा लिएको हो ।
रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् । प्रहरीले महिलाका बिषयमा थप केही खुलाएको छैन । ३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्कबाहिर थिए । उनी सँधै कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत थिएनन् ।
त्यसपछि आन्तरिक रुपमा खोजी भइरहेको थियो । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोवाइल फोनबाट लोकेशन ट्रयाक गर्दै दमक ५ स्थित मंगलदीप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।
मृतकले आत्महत्या गर्नुअघि ‘सु-साईड नोट’ समेत लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामाले बताए । ‘आत्महत्या दुरुत्साहन गर्ने व्यक्ति तथा समूहको नजिकबाट पहिचान गरिरहेका छौ परिवारबाट जाहेरी आउनेबित्तिकै हामी पक्राउ गर्छौ’, डीएसपी लामाले भने । राउतकी श्रीमती र नाबालिका छोरी रहेका छन् ।
न्युजसंजालबाट साभार
0 comments:
Post a Comment