इलाम, १८ भदौँः नेपाल र भारत विच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भई रहेको खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङका लागि मैदानमा उत्रिएको नेपालले ४८.२ ओभरमा सवै विकेट गुमाउँदै २३० रन बनाएको हो
नेपालले शानदार शुरुवात गर्दै भारत विरुछ राम्रो प्रदर्शन गरेको हो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलको सामना गदै ८ चैका प्रहार गरेका थिए उनी मोहम्मद सिराजको बलमा विराट कोहलीको हातमा क्याच भए ।
त्यस्तै नेपालकालागि सोभपाल कामीले ४८ रन बनाए । कुशल भुर्लेलले ३८ रन दिपेन्द्र सिंह ऐरीले २९ रन गुलशन झाले २३ रन बनाए ।
बलिङ तर्फ भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३÷३ विकेट लिए । मोहम्मद समी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १÷१ विकेट लिए ।
एसिया कपका प्रतिस्पर्धिहरु हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।
0 comments:
Post a Comment