एसिया कपः नेपाल विरुद्ध भारतले टस जितेर ब्याटीङको निम्तो


इलाम, १८ भदौँः नेपाल र भारत विच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार(आज) हुने खेलमा भारतले टस जितेर नेपाललाई ब्याटीङको निम्तो दिएको छ  । 
नेपालले भारतसँगकाको खेलमा पाकिस्तान सँग खेलेको टीममा एकजना परिर्वतन गरेको छ । आरिफ शेखको ठाउँमा भिम सार्कीलाई खेलाएको छ भने भारतले पाकिस्तन सँग खेलेको टोलीमा जसप्रित बुमराहको ठाउँमा मोहम्मद शमीलाई खेलाएको छ । 
एसिया कपका प्रतिस्पर्धिहरु हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।
संभावित भारतिय प्लेइङ
भारतीय टीमः  रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, , इशन किशान(विकेटकीपर), हार्दिक पंड्या(उप–कप्तान), रवींद्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद शमी, मोहम्मद सिराज
नेपालको सम्भावित प्लेइङ
कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), रोहित कुमार पौडेल (कप्तान), भिम सार्की कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी । 
 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment