एसिया कपः नेपाललाई १० विकेटले हाराउँदै भारत सुपर फोरमा


इलाम, १८ भदौँः नेपाल र भारत विच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारत १० विकेटले विजयी हुँदै एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । टस हारेर व्याटिङका लागि मैदानमा उत्रिएको नेपालले ४८.२ ओभरमा सवै विकेट गुमाउँदै २३० रन बनाएको थियो ।  
दोस्रो पारीमा भारतले व्याटीङ गर्न मैदानमा आए पछि २.१ ओभरमा बर्षाले खेल रोके पछि खेल ओभर घटाएर २३ ओभरको बनाईएको थियो । डकवर्थ लुईस नियम अनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य निर्धारण गरिएको थियो । भारतले सो लक्ष्य २०.१ ओभरमा विना विकेट गुमाएर पुरा गरेको हो । 
भारतका लागि ओपनर रोहित शर्माले ५९ वलको सामना गर्दै ५ छक्का र ६ चौकाको प्रहार गर्दै ७४ रन बनाए भने अर्का ओपनर शुभमन गिलले ६२ वलमा ६७ रन बनाए उनले १ छक्का र ८चौका प्रहार गरेका थिए । 
नेपालको तर्फबाट ७ जना वलरको प्रयोग गरिएको थियो । 
यस अघि नेपाले व्याटिङमा शानदार शुरुवात गर्दै भारत विरुछ राम्रो प्रदर्शन गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले  ९७  बलको सामना गदै ८ चैका प्रहार गरेका थिए उनी मोहम्मद सिराजको बलमा विराट कोहलीको हातमा क्याच भए । 
त्यस्तै नेपालकालागि सोभपाल कामीले ४८  रन बनाए । कुशल भुर्लेलले ३८ रन दिपेन्द्र सिंह ऐरीले  २९ रन गुलशन झाले २३ रन बनाए । 
बलिङ तर्फ भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३/३ विकेट लिए । मोहम्मद समी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए । 
एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment