इलाम माईका सुवेदीको घरमा आगलागी हुँदा दशलाखको क्षति

 ६ कार्तिक २०८०, सोमबार 


इलाम । इलामको माई नगरपालिका वडा नम्बर – २ गोरखेका गोपाल सुवेदीको घरमा आगलागी हुदाँ अन्दाजी १० लाखको क्षति भएको छ।

सोमबार विहान ६स् ३० बजे सुवेदीको घरसंगै जोडिएको गाई गोठबाट आगो सल्किएको थियो। आगलागीबाट सुवेदीको दुईतले काठको घर, गोठ, भान्साघर, दुई तोला सुन, १० मन धान, नगद १० हजार, ३ वटा मोवएल सेट लगायत महत्वपूर्ण कागजात समेत जलेर नष्ट हुँदा १० लाख वढीको क्षति भएको लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख बलदेव सुवेदीले जानकारी दिए । आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी लगायतको उपस्थिति रहे पनि नियन्त्रण गर्न नसकिएको बताईएको छ।

आगो कसरी शुरु भयो भन्ने थाहा नभएपनि ५ बर्षिय नातिनीले खेल्ने क्रममा सल्काएको आशंका पिडित सुवेदीले गरेका छन । विहान उठेर खेल्दै गरेकी नातिनी आगो सल्किए पछी माथिल्लो तलाको ओच्छ्यानमा सुतेकी थिइन । अधिकांश काठले बनेका घरहरू हुँदा माई नगरपालिका भित्र आगो नियन्त्रणमा दमकलको आबश्यकता महशुस गरिएको स्थानीयले बताएका छन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment