इलामको रोङमा बिद्यालयमा प्रयोगात्मक कृषिकर्म

  • गोबिन्द पौडेल 

रोङ १५ कार्तिकः कृषि कर्ममा निरासा बढिरहदा रोङ गाउपालिकामा बिद्यालयमा नै प्रयोगात्मक कृषि कार्यको थालनि भएको छ ।
रोङ गाउपालिका वडा न ६ को बार्षिक कार्य योजना अनुसार वालबालिकाहरुलाई कृषि कर्म सिकाउन र ब्यवहारिक सिपको लागि बिद्यालयमानै कृषि पाठशाला सचालन गरि प्रयोगात्मक शिप सिकाउन थालिएको हो ।वडा कार्यपालिको निर्णयनुसार बिद्यालयमा वडाको कृषि प्राबिधिक सहित वालबालिका र अभिभावकहरुको सहभागितामा प्लास्टिक टनेल,प्राङगरिक मल,स्थानिय बनस्पतिहरुद्वरा बिषादी निर्माण र प्रयोगगरि कृषि प्राबिधिकहरुवाट मासिकरुपमा सैद्धान्तिक  कक्षा र साप्ताहिक रुपमा प्रयोगात्मक कक्षाहरु सचालन गर्न थालिएको वडाध्यक्ष सत्यम राई चौरासेले बताए ।
एकपटक देखेको कुरा सय चोटि सुनेको भन्दा प्रभावकारी हुन्छ अहिले आम नागरिकहरु कृषिमा परनिर्भर बन्न थालिसके,वालवालिकाहरुले कृषिको ब्यबहारिक रुप बिर्सदै छन् कम्तिमा आफ्नो घरको लागि तरकारी उत्पादन गर्न सके भने यसले ठुलो उपलब्धि दिन्छ यसकारण पनि बिद्यालयमा कृषि पाठशालाको प्रयोगात्मक शिक्षा दिने जमर्को गरिएको हो वडाअध्यक्ष चौरासेले बताए ।
यता बिद्यालयमानै कृषिको आधारभुत सिपले आफ्ना नानिहरुमा सकरात्मक वानिको बिकास हुने देखिएको अभिभावक युवराज प्रधानले वताए ।
एकपटक निर्माण गरिएको प्लास्टिक टनेलमा बर्षौ सम्म मौसमी र बेमौसमि खेतिको सिकाई गरिने यि सवै खेति आर्गेनिक पद्धतिमा  आधारित रहने कृषि प्राबिधिक मोहन अधिकारीले बताए ।कृषिको ब्यबहारिक सिपले अभिभावकहरुमा समेत उत्साह बढेको अभिभावकहरुको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment