दोस्रो इलाम नगरपालिका वडा स्तरीय भलिवल प्रतियोगिताः इलाम ३ र इलाम ५ फाइनलमा


इलाम, २७ कार्तिकः इलाम नगरपालिका १ साँखेजुङमा जारी भलिवल प्रतियोगितामा आइतबार भएको खेलमा इलाम नगरपालिका ३ पुवामझुवा र इलाम नगरपालिका ५ बरबोटे विजयी भएको छ ।
इलाम नगरपालिका १ साँखेजुङले आयोजना गरेको दोस्रो इलाम नगरपालिका वडा स्तरीय पुरुष नकआउट भलिवल प्रतियोगिताको विजयिले नगद रु तीस हजार एक सय साथमा ट्रफी, मेडल र प्रमाण पत्र  पाउने छ भने उपविजेताले  नगद रु वीस हजार एक सय साथमा ट्रफी, मेडल र प्रमाण पत्र  र खेलाीहरुले सेमी फाइनलवाट मेन अफ द म्याच ट्रफी समेत पाउने छन् ।


कार्तिक २५ गते भएको दुई खेलमा  इलाम नगरपालिका वडा न. १ र इलाम नगरपालिका वडा नं. ४ ले विजय हासिल गरेको थियो भने उद्घाटन समारोह इलाम नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गायत्रीराम वस्नेतको प्रमुख आतित्यतामा सञ्चालन गरिएको थियो
फाइनल खेल इलाम नगरपालिका वडा नं ३ र वडा नं ५ को वीचमा कार्तिक २७ गते दिनको २ वजे सञ्चालन हुने आयोजकले जनाएको छ । साथै इलाम नगरपाकिलाका नगर प्रमुख केदार थापाको प्रमख आतित्यमा अन्य दिपावाली विषेश कार्याक्रम समेत सोमबार सञ्चालन हुने आयोजकले जानकारी गराएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment