रोङमाका वालवालिका प्रतिभा देखाउन आतुर, बिज्ञान प्रर्दशनी र राष्ट्रपति कप हुदै

  • गोबिन्द पौडेल 

रोङ २० मंसिरः वालवालिकाहरुमा रहेको प्रतिभा देखाउन रोङमा बिज्ञान प्रदर्शनि र राष्ट्रपती कप खेलकुद प्रतियोगिता हुने भएको छ ।
वालबालिकाहरुले शैदान्तिक रुपमा पढेका बिज्ञानका तथ्यहरुलाई प्रयोगमा देखाउन आगमी २१ मंसिरमा बिज्ञान प्रदर्शनी हुने भएको छ भने मसिर २२ ,२३ र २४ गते राष्ट्रपति कप हुने अन्तिम तैयारी सकिएको छ ।
बिज्ञान प्रदशनिका लागि गाउँपालिकाको आधारभुत तहका  र माध्यामिक तहका  बिद्यार्थीहरु सहभागि हुने छन । राष्ट्रपति खेलकुदका लागि गाउँपालिकामा रहेको १२ देखी १८ बर्षसम्मका वालवालिकाहरु सहभागि हुने गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।अतिरिक्त क्रियाकलापमा सहभागि भएर उत्कृषट हुनेहरुले पुरस्कार मेडल र प्रमाणपत्र पाउने छन् । राष्ट्रपति खेलकुदमा प्रथम हुने वालबालिकाहरु आगामी जिल्ला स्तरिय राष्ट्रपति कप हुदै प्रदेश राष्ट्रिय खेलाडिको रुपमा अगाडि बढ्ने रोङ शिक्षा तथा खेलकुद शाखा प्रशिक्षक बिर्ख लिम्बुले बताए ।दुबै कार्यक्रम शान्ति निकेतन माध्यमिक विद्यालय कुटिडाडामा हुने भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment