तारा एयरको झ्यालको सिसा आकाशबाटै जमिनमा खसेपछि...

२०८० मंसीर २४ गते , आईतबार


सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आइतबार काठमाडौंबाट कार्गो सामान लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कल साइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो । सिसा कहाँ खस्यो भन्नेबारे एकिन भएको छैन।
जहाज कार्गो सामानले भरिएकाले भित्रबाट प्रेसरले सिसा झरेको हुनसक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिए । उनका अनुसार पाइलट अमित गुरुङ र को-पाइलट लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए । 
सो जहाज बिहान १०:१ बजेतिर लुक्ला विमानस्थल अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको छ । मर्मतपछि मात्रै काठमाडौं फर्किने तारा एयरले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment