फिक्कल । सूर्याेदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेकाे छ । पालिकाकाे आज बसेकाे कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै मदिराकाे समयावधि तय गरेकाे हाे ।
दिनदाहाडै मदिराले लठ्ठिएर हाेहल्ला गर्ने प्रवृत्ति बढेकाे, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेकाे, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेकाे र बालबालिकामा मदिराकाे लत बढ्न थालेकाले नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानकाे व्यवस्था गरेकाे हाे ।
कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचविखन गर्न निषेध गरेकाे छ । इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीकाे विजक अनिवार्य गरेकाे छ । मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आउदाे नगरसभाबाट ऐन बनाउन विधेयक समितिकाे संयाेजक उर्गेन बम्जनकाे संयाेजकत्वमा ऐन मस्यौदा समिति गठन भएकाे छ ।
नगरपालिकाकाे १४ अाै नगरसभा माघ दश गतेदेखि बस्दै छ । नगरसभाबाट ऐन पारित भएपछि मदिरा जन्य बस्तुकाे नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने तयारी छ ।
0 comments:
Post a Comment