तरकारी खेतीमा रमाएका कुवापानीका सनिप

  • गोबिन्द पौडेल 

रोङ २० मंसिरः तरकारी खेतिले मनग्गे आम्दानी भएपछि  निरन्तर यहि कर्ममा लागेका छन् कुवापानीका युवा सनिप राई ।
एकबर्ष अघि सनिपले करिव अठार रोपनीमा जमिनमा लगाएको कुरिलो खेतिवाट यस बर्ष तिनलाख भित्राएको वताउने सनिपले उक्त कुरिलो बगैचामा लगाएको टमाटर खेतिबाट आम्दामी लिन थालेका छन् ।बैशाख देखी असोजसम्म कुरिलोको टुसा बेचेका सनिपले अहिले कुरिलो बगानभित्र लगाएको चारहजार टमाटरको बिरुवावाट  आम्दानी लिन थालेका छन् भने उनले दैनिक सात जनालाई रोजगारी समेत दिएका छन् ।
सिचाई पर्याप्त रहेको टमाटर बगानमा उनले मंसिरवाट फागुनसम्म आम्दानी लिन सकिने बताए । हरेक वोटबाट न्युनतम पाच किलो फलाउने अनुभव रहेकोले उनले बीसहजार किलो फलाउने लक्ष्य लिएका छन् यसरी हेर्दा सरदर टमाटरको मुल्य प्रतिकेजी चालिस मात्रै हुदापनि आठलाख रुपैया भित्रने पक्का रहेको बताउछन् । 
यता सोहि बगैचामा कोपी खेतिको तैयारी रहेको छ ।टमाटर खेति अलि खर्चालु भएपनि कुरिलोमा भने केहि खर्च नभएको उनको अनुभव रहेको छ । सनिपले  तरकारी खेतिलाई लक्षित गरेर एकहजार कुखुरा समेत पालेका छन् ।कुखुराबाट धेरै अम्दानीको आशा नगरेपनि लगानि नडुब्ने फाईदाको ठुलो आस नभएपनि मलवाट तरकारीखेतिमा ठुलो टेवा पुगेको बताउछन ।
देशमा आर्थिक मन्दि भयो, कमाउन केहि सकिदैन भनेर खाडी र युरोप ताक्नेहरुको भिड बढिरहेको बेला रोङ ६ कुवापानीका युवा सनिपको जाँगर अनुकरणिय बन्न सक्छ र उहाको मेहनतको सिको गर्न सके सरकारले दिने सुखी नेपाली समृद्ध  नेपालको नारा सार्थक होला कि ?
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment